site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हिताचीले नेपाली बजारमा ल्यायो नयाँ वासिङ मेसिन, रेफ्रिजेरेटर र राइस कुकर
Sarbottam CementSarbottam Cement

काठमाडौं । हिताची होम अपलायन्सको आधिकारिक वितरक होम अपलायन्सले थप चारवटा उत्पादन नेपाली बजारमा सार्वजनिक गरेको छ ।

नयाँ उत्पादनहरूको उद्घाटन हिताचीका एक्सपोर्ट सेल्स हेड एल्भिन थाम, यूनिभर्सल इलेक्ट्रोकमका कार्यकारी निर्देशक सञ्जय अग्रवाल र महाप्रबन्धक आयास जोशीले गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

नवप्रवर्तन र ग्राहकको खुसीको लागि आफ्नो प्रतिबद्धता जनाउँदै, नवीन प्रविधि युक्त दुई वासिङ मेसिन, एक डबल–डोर फ्रिज र राइस कुकरसहित चारवटा नयाँ हिताचीका उत्पादनहरू बजारमा भित्राएको कम्पनीले जनाएको छ ।

हिताची वासिङ मेसिन नयाँ अनावरणको मुख्य आकर्षण  रहेको छ । यसमा प्रयोगकर्तामैत्री डिजाइनको साथमा उन्नत प्रविधिको संयोजनसहितको सुविधाहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।

Global Ime bank

हिताची डबल–डोर फ्रिज, मोडेल आधुनिक रेफ्रिजरेसन प्रविधिमैत्री रहेको छ । जसले खानालाई लामो समयसम्म ताजा र स्वादिष्ट राख्ने कम्पनीले उल्लेख गरेको छ ।

यो रेफ्रिजरेटरमा २७५ लिटरको क्षमता छ । यसमा रहेको प्रत्येक सेल्फहरूमा १०० केजीसम्मको भार थेग्न सक्ने क्षमता रहेको छ ।

यस्तै, हिताची राइस कुकर, मोडल आरजेट– एस१८ एमएमडब्लू हालै मात्र थपिएको नयाँ उत्पादन हो । यो ८०० वाटको राइस कुकरमा १.८ लिटर क्षमता रहेको छ र यसमा रहेको थ्रिडि हिटिङ एलेमेन्टले जुनसुकै बेला चामल पाक्ने सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय