site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तीन दिनमा ७० जनाभन्दा धेरै सगरमाथाको शिखरमा
तस्बिर : सेभेन समिट ट्रेक्सको फेसबुकबाट साभार ।
SkywellSkywell

काठमाडौं । पछिल्लो तीन दिनमा ७० जनाभन्दा बढी आरोही तथा गाइडले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

“आइतबार अपराह्न साढे १ बजेसम्म ७० जनाभन्दा बढी आरोही तथा गाइडले सगरमाथको सफल आरोहण गरेको सूचना प्राप्त भएको छ,” पर्यटन विभागको साहसिक तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले बाह्रखरीसित भने ।

Dabur Nepal
NIC Asia

पर्यटन विभागका प्रवक्ता कालीबहादुर भुजेलका अनुसार, गएको शुक्रबार यो सिजनमा सगरमाथा आरोहणका निम्ति डोरी टाँग्ने (रोप फिक्सिङ) कार्य गरिएको थियो । “डोरी टाँग्ने क्रममा शुक्रबार बेलुकी ८ः१५ बजे १० जनाले सगरमाथाको सफल आरोहण गरेका थिए । यो नै यस सिजनमा सगरमाथाको आरोहण गर्ने पहिलो टोली थियो,” प्रवक्ता भुजेलले भने ।

उनीहरूले डोरी टाँग्ने काम सकाएपछि अरू आरोही चौथो शिविरबाट सगरमाथाको चुचुरोतर्फ प्रस्थान गरेका हुन् । “सगरमाथाको चुचुरोमा पुग्नेमा आरोही र गाइडको संख्या लगभग बराबरजस्तै हुन्छ,” निर्देशक गुरुङले भने । आरोहणको यकिन विवरण आइतबार साँझसम्म आउने उनले जनाए ।

सगरमाथा आरोहण गर्ने क्रममा कामीरिता शेर्पाले आफ्नो रेकर्ड आइतबार आफैँले ‘ब्रेक’ गरेका छन् । उनी २९औँपटक सगरमाथाको शिखरमा पुगेका हुन् । सबैभन्दा धेरैपटक सगरमाथाको आरोहण गर्ने रेकर्ड यसअघि पनि उनकै नाममा थियो ।

पयर्टन विभागका अनुसार, यो सिजनमा सगरमाथा आरोहण गर्नका निम्ति ४१ टिमका ४१४ जनाले स्वीकृति लिएका छन् । स्वीकृति लिनेमा ७५ महिला र ३३९ पुरुष छन् । उनीहरूलाई यो स्वीकृति गएको मार्च १ देखि मे ७ सम्मको अवधिमा दिइएको हो । सगरमाथा आरोहणको स्वीकृति दिएबापत सरकारले ५९ करोड २३ लाख पाँच हजार ८४९ रुपैयाँ राजस्व संकलन गरेको छ ।

उक्त अवधिमा नेपालका विभिन्न ३० हिमाल आरोहणका लागि ११२ टिमका ९७१ जनाले स्वीकृति पाएका छन् । स्वीकृति पाउनेमा २०२ महिला र ७६९ पुरुष छन् । विभिन्न हिमाल आरोहणको स्वीकृति दिएबापत उक्त अवधिमा सरकारले ६७ करोड ४७ लाख १४ हजार ६१ रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १४:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu