site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निक्षेप चार खर्बले बढ्दा दुई खर्ब २२ अर्ब कर्जा प्रवाह
Tiktok banner adTiktok banner ad

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा दुई अर्ब २२ अर्बले बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/०८१ को ९ महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा ४.६ प्रतिशत अर्थात् दुई खर्ब २२ अर्ब २१ करोडले बढेको हो ।

यस्तै, बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप चार खर्ब ९ अर्बले बढेको छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थामा निक्षेप ७.२ प्रतिशत अर्थात् चार खर्ब ९ अर्बले चार करोडले बढेको छ ।

गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको हिस्सा ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जा ३७.३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

नौ महिनाको अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ४.७ प्रतिशतले, विकास बैंकहरूको ४.२ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ५.५ प्रतिशतले बढेको छ ।

गत वर्षको यस अवधिमा कर्जा प्रवाह एक खर्ब ६१ अर्ब ९८ करोड (३.५ प्रतिशत)ले बढेको थियो भने निक्षेप तीन खर्ब ५५ अर्ब ८९ करोड (७.० प्रतिशत)ले बढेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro