site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दीपेन्द्रको टिम मोन्ट्रियल टाइगर्सको पहिलो हार 

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको टिम मोन्ट्रियल टाइगर्सले क्यानडामा जारी ग्लोबल टी-२० मा पहिलो हार बेहोरेको छ । बिहीबार बिहान सम्पन्न खेलमा ब्राम्पटन वुल्भ्सले मोन्ट्रियललाई १५ रनले पराजित गरेको हो ।

ब्राम्पटनले प्रस्तुत गरेको १४४ रनको लक्ष्य पछ्याउने क्रममा मोन्ट्रियलले १९.१ ओभरमा सबै विकेट गुमाएर १२८ रन मात्र बनाउन सक्यो । 

मोन्ट्रियलका दीपेन्द्रले २४ बलमा दुई चौकाको मद्दतमा २८ रन बनाए पनि टिमको हार टार्न सकेनन् ।

Dabur Nepal
NIC Asia

सकिब अल हसनले २८, दिलप्रीत सिंहले २४ र शेर्फेन रदरफोर्डले १० रन जोडे । अन्य ब्याटरले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । ​

वुल्भ्सका लोगानभान विकले तीन विकेट लिए । कोलिन डी ग्रान्डहोम र शहीद अहमदजाइले समान दुई विकेट लिए ।

यसअघि ब्राम्पटनमा टस हारेर ब्याटिङको निम्तो पाएको वुल्भ्सले १९.५ ओभरमा सबै विकेट गुमाएर १४३ रनको योगफल तयार पारेको थियो । 

ब्राम्पटनका कोलिन डी ग्रान्डहोमले ५६ रन बनाए । ग्रान्डहोमले ४० बलमा सात चौका र एक छक्का प्रहार गरे । उस्मान खानले ३३ र मार्क च्यापम्यानले २१ रन बनाए ।

मोन्ट्रियलका आयन अफजल खान, कार्लोस ब्रार्थवेटले समान चार विकेट लिए । अब्बास अफ्रिदी र सकिब अल हसनले एक-एक विकेट लिए ।

मोन्ट्रियलबाट दुई ओभर बलिङ गरेका दीपेन्द्रले २० रन खर्चिदा विकेटविहीन रहे ।

जितसँगै चार खेलमा सात अंक जोडेको वुल्भ्स शीर्ष स्थानमा उक्लिएको छ । पहिलो हार बेहोरेको मोन्ट्रियल समान खेलबाट ६ अंकसहित दोस्रो स्थानमा झरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०९:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro