site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
प्रतीकात्मक तस्बिर

ढोरपाटन । केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध बनेको हो । 

लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला तथा कालापैरा–२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो । गएरातिदेखि अवरुद्ध भएको लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको निसीखोला–४ का वडाध्यक्ष टीकानिधी पौडेलले जानकारी दिए । 

वर्षा हुने बित्तिकै लेदो झर्ने र सडकमा थुप्रिँदा यातायात अवरुद्ध हुने गरेको पौडेलले बताए ।  सडक अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठामाडौं, पोखरालगायत ठाउँ जाने यातायातका साधन कालापैरामा ठप्प छन् । बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा ठूला यातायातका साधान कानाबगरमा रोकिएका अध्यक्ष पौडेलले बताए ।  

निरन्तर वर्षाका कारण लोकमार्गको विभिन्न ठाउँमा पहिरो जाने र रुख ढल्दा ठाउँ–ठाउँमा सडक अवरुद्ध भइरहेको छ । खाडु र कालापैरामा माथिदेखि भलसहितको ठूलो बाढी आँदा लोकमार्ग पूरै ढाकिएको छ । गाडी ठप्प छन् । 

वर्षाका कारण निसीखोलाका सबै ग्रामीण सडक अवरुद्ध छन् । ग्रामीण सडकदेखि झरेको पहिरोले मुख्य सडकको धेरै ठाउँमा क्षति पुर्याएको छ । रासस

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro