site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साउनदेखि पुससम्म रगत संकलनमा किन आउँछ कमी ?
SkywellSkywell

काठमाडौं । वर्षायाम सुरु भएसँगै रगत संकलन कम हुन थालेको छ । रगत संकलन र आपूर्ति गर्दै आएको संस्था केन्द्रीय रक्त सञ्चार सेवाका अनुसार साउनदेखि मंसिरसम्म मानिस खेतीपातीमा संलग्न हुने र चाडपर्व पनि यही अवधिमा पर्ने भएकाले रगत संकलनमा कमी हुने गरेको हो ।

वर्षातको समय सुरु भएदेखि मंसिर÷पुससम्म दैनिक करिव आठ सय युनिटमात्रै रगत संकलन हुने केन्द्रिय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले बताए । उनले अन्य समयमा नेपालमा ११ सय युनिटसम्म रगत संकलन हुने गरेको बताए । 

KFC Island Ad
NIC Asia

केन्द्रीय रक्त सञ्चार सेवातर्फ २०७९/०८० मा ३३ हजार ४८५ युनिट रगत संकलन भएको थियो । उनका अनुसार सो अवधिमा ५४ हजार १२३ युनिट रगत वितरण भएको थियो ।  रक्तदातालाई रक्तदान गर्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको र गत वर्षहरूको तथ्यांक अनुसार देशभर दैनिक एक हजार दुई सय युनिट रगत आवश्यकता पर्ने बताए । 

देशभर १२० वटा रक्त सञ्चार सेवा रहेका छन् । हाल देशभर २ लाख ६२ हजार ४८१ नियमित रक्तदाता रहेका छन् । 

निर्देशक पौडेलले नेपालमा कुल जनसंख्याको ०.९ प्रतिशत नागरिक नियमित रक्तदाता रहेको बताए । कुल जनसंख्याको १.५ प्रतिशत रक्तदाता भए नेपालमा रगतको अभाव नहुने उनको भनाइ छ । 

नेपालका रक्तदाताहरूको परोपकारी भावना रहेको र यसलाई दुई गुणा बनाउन सके चाहिएको बेला रगत दिन सकिने पौडेल बताउँछन् । १८ वर्ष उमेर पुगेपछि जन्मदिन महोत्सव रक्तदान गरेर मनाऔं भन्ने अभियानलाई पनि अघि बढाएको उनले बताए । 

निर्देशक पौडेल पाठ्यक्रममै रक्तदानलाई प्रवर्द्धन गर्ने खालका विषय समावेश गर्नुपर्ने धारणा राख्छन् । पौडेलले संघ र प्रदेश सरकारले विपन्नहरूलाई रगतमा सहुलियत दिने व्यवस्था गर्ने प्रवन्ध मिलाउनुपर्ने बताए । पछिल्लो तथ्यांक अनुसार नेपाल रेडक्रस सोसाइटीबाट देशभर एक वर्षको अवधिमा २ लाख ७३ हजार १७० युनिट रगत संकलन भएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०८:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro