site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एनएमबी बैंकमा लुटपाट गर्ने भारतीय युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

जलेश्वर । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गएको जेठ १६ गते १५ लाख रुपैयाँ लुटिएको घटनामा साफी संलग्न थिए । चार÷पाँचजनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राही समेतलाई कब्जामा लिएर सो रकम लुटेको थियो । डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरू फरार भएका थिए ।

साफीलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमानजिकबाट पक्राउ गरेको हो । लुटपाटमा संलग्न अरू व्यक्तिको पहिचान भइसकेको प्रहरीले जनाएको छ ।

चाँडै नै उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरिने प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए । रासस

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ०८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro