1690380233.jpeg)
काठमाडौं । नेपालमा जीडब्लूएम सवारीसाधनको आधिकारिक वितरक भीजी इम्पेक्सले एभरेष्ट बैंकबीच फाइनान्सिङसम्बन्धी सम्झौता भएको छ ।
जीडब्लूएमका आईसीई सवारीसाधन हाभल जोलायन, हाभल एच६, पावर र विंगल र इलेक्ट्रिक गाडी ओरा ०३ लगायतका सवारी साधनको वित्तीय (फाइनान्सिङ) सुविधाका लागि बैंकसँग सम्झौता भएको हो ।
सम्झौतामा भीजी इम्पेक्स जीडब्लूएम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट र र एभरेष्ट बैंक लिमिटेडका उप–महाप्रबन्धक गौरव कुमारल हस्ताक्षर गरेका छन् ।
यसअनुसार एभरेष्ट बैंकले अधिकतम सात वर्षको अवधिको लागि उत्कृष्ट आरओआई (ब्याजदर) सहितको अधिकतम ८० प्रतिशत ऋण उपलब्ध गराउने भएको छ । तीन वर्षसम्मको कर्जा अवधिको लागि, न्यूनतम प्रभावकारी आरओई (ब्याजदर) १०.८० प्रतिशतमा सर्तसहित उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
जीडब्लूएमका इलेक्ट्रिक गाडी (ईभी) को लागि ११.३० प्रतिशत ब्याजदर रहने कम्पनीले जनाएको छ ।
जीडब्लूएमका आईसी मोडेलको गाडीको लागि ११.८० प्रतिशत ब्याजदर रहनेछ । ५०% सम्मको लगानीमा ब्याजदरमा ०.५० प्रतिशत छुट उपलब्ध गराइएको र सबै गाडीको लागि कर्जा प्रशोधन शुल्क स्वीकृत कर्जाको मात्र ०.५० प्रतिशत निर्धारित गरिएको कम्पनीले जनाएको छ ।