site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भारतबाट नेपाल आएर श्रीमतीको हत्या, भाग्न खोज्दा स्थानीयले गरे कुटपिट
प्रतीकात्मक तस्बिर।

बारा । भारतको बिहार प्रान्त पूर्वी चम्पारण ग्राम पञ्चायत पकडी–१४ थाना ढाका रुपौलिया बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आफ्नै श्रीमती २३ वर्षीया यास्मिन खातुनको हत्या गरेको अभियोगमा प्रहरीले बुधबार बिहान पक्राउ गरेको हो ।

यास्मिन सिम्रौनगढ नगरपालिका–६ बयलहट्टी बजारस्थित माइतीघरमा बस्दै आएकी थिइन् । अमानुल्लाहले ससुराली घरमा आएर धारिलो हतियार प्रयोग गरी यास्मिनको हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्याको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । अमानुल्लाहलाई स्थानीयले कुटपिट गर्दा घाइते भएकोमा उनको प्रहरीको निगरानीमा जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro