site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मधेस प्रदेश : सरकार चौथोपटक विस्तार हुँदै

जनकपुरधाम । मधेस प्रदेश सरकार चौथोपटक विस्तार हुन लागेको छ । अगामी शनिबारसम्म सरकारले पूर्णता पाउने भएको छ ।

मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक सरकार विस्तार गर्दा दुई मन्त्री र दुई राज्यमन्त्रीको जिमेवारी खोसेका थिए भने बाँडफाटमा सहमति नहुँदा दुई मन्त्रालय पनि आफ्नै मातहत राखेका थिए ।

सरकार गठनको सात महिना बितिसक्दासमेत गृह, सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय जिम्मेवारीविहीन छ । सोही मन्त्रालयमा मन्त्री नियुक्त गरिने र बिनाविभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिइने तयारी भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

गत जेठ ११ गते जनमत पार्टीका वसन्त कुशवाह, जनता समाजवादी पार्टी (जसपा)की सुरिता साह, राज्यमन्त्री सरोज यादव र शेख अबुल कलाम आजादलाई जिम्मेवारीविहीन बनाइएको थियो । जिम्मेवारी खोसिएको दुई महिनापछि पुनः उनीहरुलाई जिम्मेवारी दिन लागिएको हो ।

यसअघि, सरकार गठन हुँदा जनमतका कुशवाह भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको राज्यमन्त्रीमा जसपाका आजाद, समाजिक विकासमा जसपाकी साह र समाजिक विकास राज्यमन्त्री जनमतका यादवले जिम्मेवारी पाएका थिए । अहिले सरकारमा जसपाबाट मुख्यमन्त्रीसहित तीन, कांग्रेसका दुई, जनमत, लोसपा, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका एक–एकजना मन्त्री छन् ।

दुई मन्त्रालय खाली रहेको र दुईजना बिनाविभागीय मन्त्री रहेको अवस्थामा मुख्यमन्त्री यादवसँग लोसपा, माओवादी केन्द्र र एकीकृत समाजवादीले थप एक–एकवटा मन्त्रालय मागेका छन् । नेपाली कांग्रेसले थप दुई मन्त्रालयमा दाबी गर्दै आएका छन् । तर, मुख्यमन्त्री यादव लोसपा, माओवादी केन्द्र र नेकपा एसलाई थप मन्त्रालय दिने पक्षमा नरहेको बुझिएको छ ।

कांग्रेसलाई थप एक मन्त्रालय र एक राज्यमन्त्री दिइनेछ । तर, कांग्रेसले नेकपा (एमाले)बाट सभामुख बनेका रामचन्द्र मण्डललाई हटाएर सभामुख पनि पाउनुपर्ने दाबी गर्दै आएका छन् ।

जनमत पार्टीले सभामुख हटाउन सहयोग गरे मात्रै जिमेवारी दिइने कांग्रेस नेताहरु बताउँछन् । यस अधारमा मन्त्रालय बाँडफाँटमा कठिनाइ देखिएको छ । तर सरकारले सुरुआतदेखि मन्त्रालय नफुटाउने बताउँदै आएका छन् ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro