site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
सफ्टवेरिका कलेजमा जुलाई २७ देखि स्मार्ट प्रविधिको प्रदर्शनी
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईटी तथा ई–कमर्स कलेजको रूपमा परिचित सफ्टवेरिका कलेजमा आउँदो जुलाई २७ देखि ३० गतेसम्म स्मार्ट प्रविधिको प्रदर्शनी हुने भएको छ ।

बिहीबारदेखि डिल्ली बजार काठमाडौंस्थित कलेज परिसरमा अध्ययनरत विद्यार्थीले तयार पारेका प्रोजेक्टहरूको चारदिने ‘टेक–एक्स २०२३’ प्रदर्शनी सुरु हुने भएको कलेजले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबारसम्म चल्ने उक्त प्रदर्शनीमा रोबोटहरूको वार मुख्य आकर्षणको रहने बताइएको छ । प्रदर्शनीको उद्घाटन नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गर्ने बताइएको छ ।

प्रदर्शनीमा एआई र साइबर सुरक्षा क्षेत्रमा विद्यार्थीहरूले तयार पारेका विभिन्न ३० भन्दाबढी प्रोजेक्टका स्टलहरू रहने कलेजले जनाएको छ । स्मार्ट ग्लास (चस्मा) तथा स्मार्ट ब्लाइन्ड स्टिक (दृष्टिविहीनले प्रयोग गर्ने छडी) र होम सेक्युरिटीसहित घरमा अनधिकृत व्यक्तिको घुसपैठ भएको थाहा पाउने सिस्टम प्रदर्शनीमा रहने छन् ।

Global Ime bank

यस्तै, कोलोनीका लागि आगलागीसम्बन्धी सूचना दिने फायर अलार्म सिस्टम, स्मार्ट वाच, हेल्थ मनिटरिङ सिस्टम, स्मार्ट ट्राफिक व्यवस्थापन प्रणालीका साथै स्मार्ट प्रिसिजन एग्रिकल्चरसम्बन्धी प्रोजेक्ट समेत राखिने छन् ।

यस बाहेक रिमोट मनिटरिङसहित डढेलो लागेको पहिचान गरी जानकारी दिने सिस्टम, फिल्ड मनिटरिङ तथा बाली निरीक्षण सिस्टमका लागि अग्मेन्टेड रियालिटी (एआर) र प्लानेटरी एक्सप्लोरेसन रोबोट पनि कलेजका विद्यार्थीहरूले बनाएका छन् ।

प्रर्दशनीमा निःशुल्क प्रवेश गर्न सकिने कलेजले जनाएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २०:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement