site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दूरसञ्चार क्षेत्रको समयानुकूल विकासका लागि सरकार प्रतिबद्ध : मन्त्री शर्मा 

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार क्षेत्रको सुधार र नयाँ प्रविधिलाई आम मानिसले उपभोग गर्न सक्ने रणनीतिअनुसार सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । 

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका अवसरमा नेपाल दूरसञ्चार प्राधिकणले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् । उनले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू)ले यस क्षेत्रको विकासमा योगदान दिँदै आएकोप्रति धन्यवाद व्यक्त गरिन् ।

उनले सरकारले दूरसञ्चार ऐन संशोधन गरिरहेको बताइन् । दूरसञ्चार पूर्वाधार सहयोगबारे पनि सरकारले नीतिमा काम गरिरहेको जानकारी दिइन् । साइबर स्पेसलाई सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको स्थापना गरिएको उनको भनाइ छ ।

उनले प्रयोग नभएर फ्रिक्वेन्सी फिर्ता गर्न र यसको उचित प्रयोगका लागि नीतिगत काम  गरेको बताइन् । ब्रोडब्यान्ड सेवालाई सबै स्थानमा पुर्‍याउने प्राथमिक लक्ष्य राखेको उनले बताइन् ।

दूरसञ्चार क्षेत्रको समयानुकूल विकासका लागि सरकार प्रतिबद्ध रहेको उनले बताइन् । “गत आर्थिक वर्षमा सात अर्ब ९० लाख राजस्व उठेकोमा यस आवको १० महिनामै सात अर्ब ४२ करोड राजस्व संकलन भएको छ,” उनले भनिन्, “यसले पनि सरकारले गरेको कामले सकारात्मक नतिजा ल्याएको पुष्टि हुन्छ ।” 

सरकारले प्राथमिकता साथ आईसीटी क्षेत्रको विकास गरी देश समृद्धि बनाउने लक्ष्य राखेको बताइन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १२:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro