site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राजनीति फोहोरी खेल भन्ने भाष्यलाई परिवर्तन गर्नुपर्छ : सुहाङ नेम्वाङ
सुहाङ नेम्वाङ ।

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसका कारण संसदीय प्रणालीमाथि प्रश्न सिर्जना हुने अवस्था बनेको बताएका छन् ।

शनिबार काठमाडौंमा एमाले कोसी प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको युवा विचार गोष्ठीमा उनले संसदीय राजनीतिको लामो अनुभव छ भन्ने कांग्रेसले सत्ताका निम्ति नै संसद् अवरुद्ध गरेको आरोप लगाए । यसले संसदीय प्रणालीमाथि प्रश्न सिर्जना हुने अवस्था बनेको उनले बताए ।

कांग्रेसको लगातारको अवरोधका कारण मुलुकमा गतिरोध पैदा भएको र जनताप्रति संसद् नै चाहिँदैन कि भन्ने भाष्य निर्माण हुने खतरा रहेको उनले उल्लेख गरे ।

उनले सत्ताको वरिपरि मात्र घुम्ने कांग्रेसको प्रवृत्तिका कारण सदन अवरोध भएको आरोप लगाए । सहकारीको समस्या समाधान हुनुपर्छ भन्नेमा एमाले प्रस्ट रहेको उनले बताए । उनले राज्यले न्यायिक समिति बनाएर यसको समाधान गरिनुपर्नेमा जोड दिए ।

यस्तै, एमाले सांसद सुहाङ नेम्वाङले राजनीति एकदमै फोहोरी खेल हो भन्ने भाष्यलाई परिवर्तन गर्नुपर्ने बताए । राजनीति कहिल्यै फोहोरी नहुने उनले उल्लेख गरे । उनले स्वार्थ बोकेका व्यक्ति राजनीतिमा छिरे व्यक्ति नै फोहोरी हुने बताए । सबै युवा मिलेर देशको विकास र समृद्धिमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

नेम्वाङले मुलुकमै पर्याप्त अवसर सिर्जना गरेर युवा जनशक्तिलाई स्वदेशमा नै परिचालन गरिनुपर्ने बताए । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro