site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
एनसेलको ‘सधैँ अन’ योजना : डाटा सकिए पनि पैसा नकाटिने, यस्ता छन् नयाँ प्याक
SkywellSkywell

काठमाडौं । एनसेलले ‘सधैँ अन’ योजना सार्वजनिक गरेको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले योजना सार्वजनिक गरेको हो । एनसेलका सीईओ जाब्बोर कायुमोभले अहिले नेपालको दूरसञ्चार क्षेत्रले खासै राम्रो नगरिरहेको बताए । 

उनले सन् २०१७ देखि २०२३ को बीचमा नेपालको दूरसञ्चार क्षेत्रको विकास २५ प्रतिशत घटेको र बंगलादेशमा ४८ र श्रीलंकामा ३६ प्रतिशतले बढेको बताए ।

सधैँ अन एउटा योजना मात्रै नभएर उज्यालो  भविष्यतर्फको कदम भएको उनले बताए । धेरै नेपालीले डाटा अफ गर्ने गरेको र विदेशको तुलनामा कम जीबी  डाटा खपत गर्ने गरेको जानकारी दिए । त्यसैले यो मुद्दालाई समाधान गर्न खोजेको एनसेलका सीईओ कायोमुभले बताए । नेपालमा १० मध्ये दुई प्रयोगकर्ताले मात्रै नियमित रूपमा डाटा प्रयोग गर्ने गरेको उनले बताए ।

Dabur Nepal
NIC Asia

ncell12-1715760504.jpg
 

के हो ‘सधैँ अन’ ?
यो प्रयोगकर्ताले सधैँ मोबाइल डाटा अन राख्न सक्ने योजना हो । यसका लागि कम्पनीले सहज डाटा प्याकहरू ल्याएको छ ।८१२३३ डायल गरी यो डाटा लिन सकिन्छ । एसएमएससहितको यी डाटा प्याक सकेपछि फोनमा भएको बाँकी पैसा नकाटिने कम्पनीले बताएको छ । उनले नेपालमा ५जी आएसँगै प्रयोगकर्तालाई विशेष किसिमले सेवा दिनसक्ने गरी काम गर्न खोजिएको बताए ।

एनसेलका चिफ कमर्सियल अफिसर उमैर मोहसिनले १० मा दुईजनाले मात्रै डाटा अन राख्नु अशोभनीय कुरा भएको भन्दै एनसेलले यसलाई सम्बोधन गर्न आवश्यक देखिएको बताए । उनले यो योजनाअन्तर्गत प्रयोगकर्ताले आवश्यकता र बजेट अनुसार डाटा प्याक खरिद गर्न सक्ने बताए ।

Ncell2-1715760417.jpg
 

२८ दिनका लागि यस्ता प्याकेज ९८/९९ रुपैयाँदेखि १४९९ रुपैयाँसम्म उपलब्ध छन् । यसमा आठ ओटा मासिक २८ दिनका लागि प्लान छन् । योजनामा डाटासँगै नेपालभित्र कल गर्न सकिने भ्वाइस प्याक, एसएमएससमेत उपलब्ध हुने छ ।

डाटा, एसएमएस वा कल प्याक नसकेरै महिना काटेमा अर्को महिना नवीकरण हुँदा त्यसमा थपिने कम्पनीले जनाएको छ । यस्ता प्याक आफैँ मासिक रूपमा नवीकरण हुने कम्पनीले बताएको छ । 

एनसेलको ब्रान्ड तथा मार्केटिङ मेनेजर अनुसा प्रधानांगले  यो योजनाले प्रयोगकर्तालाई पैसा काट्ने दरले डाटा अफ गर्न आत्तिनुपर्ने झन्झट मुक्त हुने बताइन् । डाटा सकेपछि थाहा हुँदैन र मुख्य पैसा काट्न थाल्छ त्यसैले ग्राहकले डाटा अफ गर्ने गरेको कम्पनीको भनाइ छ । 

Ncell1-1715760417.jpg
 

पहिला एनसेलसँग ६३ प्याकेज थिए । अहिले २० किसिमका प्याकेज रहेका छन् । यो योजना अहिले प्रिपेड ग्राहकका लागि मात्रै उपलब्ध रहेको छ । पोष्टपेड ग्राहकका लागि केही समयपछि यस्तो योजना ल्याउने कम्पनीको भनाइ छ ।

योजनाअन्तर्गत जत्ति रुपैयाँको प्याकेज हो त्यतिनै वटा मेसेज निःशुल्क मिल्ने कम्पनीले बताएको छ । ७९९, ९९९ र १४९९ रुपैयाँका प्याकेजमा अनलिमिटेड भ्वाइस प्याक रहेको छ । यो ग्राहकको खरिद क्षमतालाई ध्यानमा राख्दै बनाएको चिफ कमर्सियल अफिसर उमैरले बताए ।

Ncell-1715760416.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १३:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu