राजनीति
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगार क्षेत्रमा हुने ठगी रोक्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले आयोजना गरेको कार्यक्रममा उनले मुलुकमा रेमिट्यान्स आवश्यक रहेको समेत उल्लेख गरे ।
एसोसिएसनले ठगी कार्य रोक्न मुख्य भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । उनले वैदेशिक रोजगार क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्न पनि आग्रह गरे ।
यस्तै, कांग्रेस नेता शेखर कोइरालाले मन्त्री परिवर्तन भएसँगै नीति पनि परिवर्तन हुने गरेका कारण वैदेशिक रोजगार क्षेत्र समस्यामा परेको बताए । हिमालयन टेली भ्वाइस
प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१ १५:५०
प्रतिक्रिया दिनुहोस्