site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
डेभलपर कन्फ्रेन्स : क्रोममा असिस्टेन्ट, एन्ड्रोइडमा एआई, के–के भयो सार्वजनिक ?

काठमाडौं । गुगलले मंगलबार वार्षिक डेभलपर कन्फ्रेन्स आई/ओ सम्मेलन गरेको छ । यसपटकको सम्मेलन गुगलको जेमिनाई एआई मोडलमा बढी आधारित भएको छ । गुगलले यस सम्मेलनबाट निकै धेरै एआईजन्य उत्पादन एवं फिचर सार्वजनिक गरेको छ । 

खासगरी ओपन एआईलाई टक्कर दिने किसिमले गुगलले एआईका क्षेत्रमा फड्को मार्न खोजेको संकेत सम्मेलनमा सार्वजनिक भएका कुराहरूले गरेको छ ।

गुगल लेन्सबाट भिडियो खोजी

यसअघि गुगल लेन्सबाट फोटो राखेर मात्रै खोजी गर्न सकिन्थ्यो । अब भने गुगल लेन्सबाट भिडियो बनाउँदै बोलेर चाहेको कुरा सोधीखोजी गर्न सकिने भएको छ ।

फोटो लाइब्रेरीबारे जानकारी

Global Ime bank

गुगलको जेमिनाईले अब गुगल फोटोजमा गएर फोटोबारे सोधेका प्रश्नको जवाफ दिने भएको छ । सम्मेलनमा गुगलका सीईओ सुन्दर पिचाईले आफ्नो गाडीको नम्बर सोध्दा जेमिनाईले सही जवाफ दिएको थियो ।

अझै छिटो जेमिनाई मोडल

गुगलले यसको एआई मोडलको नयाँ संस्करण जेमिनाई १.५ सार्वजनिक गरेको छ । यो अझै तीव्र, सटिक, अनुवाद गर्न सक्ने र कोड गर्नसक्ने हुने कम्पनीको भनाइ छ । यस्तै, जेमिनाईले पैसा तिरेका प्रयोगकर्ताका लागि वर्कस्पेस पनि चाँडै सार्वजनिक गर्ने भएको छ । 

प्रोजेक्ट एस्ट्रा

गुगलको प्रोजेक्ट एस्ट्राले क्यामेरामार्फत देखाएका कुरा हेर्न र बुझ्न सक्ने, त्यसअनुसार भर्चुअल एसिसटेन्का रूपमा प्रयोगकर्तालाई सहयोग गर्नसक्ने ठानिएको छ । यसले प्रयोगकर्ताका लागि काम गर्न मद्दत गर्ने, के कुरा कहाँ छ भनेर भन्नसक्ने लगायतका क्षमता रहेको बताइएको छ ।

सोरा जस्तै भिडियो बनाउने भिओ

वास्तविक जस्तै देखिने भिडियो बनाउन सक्ने ओपनएआईको सोरा जस्तै गुगलको भिओले पनि त्यस्तै भिडियो तथा फोटो बनाउन सक्ने दाबी गरिएको छ । यसबाट एरियल सुट, टाइलेप्स लगायत चाहेअनुसार भिडियो बनाउन सकिनेछ । कम्पनीले युट्युब क्रिएटरदेखि हलिउडसम्मलाई यसको प्रयोग गर्न प्रोत्साहित गरिरहेको छ ।

चाहेअनुसारको च्याटबट बनाउन सकिने

गुगलले कस्टूम (चाहेअनुसारको) च्याटबट बनाउन सक्ने च्याटबट क्रिएटर जेम्स सार्वजनिक गर्ने भएको छ । ओपनएआईको जीपीटी जस्तै यसले प्रयोगकर्ताले भने अनुसार, चाहेअनुसार कस्तो प्रतिक्रिया, कसरी दिने भन्ने कुरा समेट्दै च्याटबट बनाइदिनेछ ।

जेमिनाईसँग कुराकानी

गुगलको जेमीनाईको नयाँ लाइभ फिचरले यससँगै आवाजमार्फत कुराकानी गर्न झनै सहज हुने बताइएको छ । प्रतिक्रिया दिने जेमिनाईको आवाजलाई थप सुधार गरिएको कम्पनीले जनाएको छ । कुराकानीका क्रममा यसलाई बीचमै रोक्न पनि सकिनेछ ।

गणित हल गर्न मद्दत

एन्ड्रोइड र ट्याबलेट चलाउनेले स्क्रिनमा गणितको सवाललाई गोलो लगाएर त्यसलाई हल गर्न मद्दत पाउनसक्ने भएका छन् । गुगलको एआईले पूरै सवाल हल गर्ने नभई त्यसलाई बुझ्ने गरी ब्रेकडाउन गर्ने बताइएको छ ।

गुगल सर्चमा व्यापक एआई

गुगलले नयाँ एआई ओभरभ्युज सार्वजनिक गर्ने भएको छ । अमेरिकामा यसै हप्ता सार्वजनिक हुने फिचरले सबै रिभ्युजहरूको सारांश निकाल्दै जानकारी दिने बताइएको छ ।

एन्ड्रोइडमा एआईमा 

गुगलको अन–डिभाइस जेमिनाई नानो एआई स्मार्टसले एन्ड्रोइड फोनमा स्क्याम कलहरू रोक्न मद्दत गर्ने बताइएको छ । यस्तै, गुगलको जेमिनाईले चाँडै नै स्क्रिनमा चलिरहेको भिडियोबारे सोधिएका प्रश्नको जवाफ दिनसक्ने बताइएको छ । भिडियोमा रहेको क्याप्सन र दृष्यका आधारमा यसले जवाफ दिनेछ ।

गुगल क्रोममा एआई असिस्टेन्ट

गुगलले क्रोमको डेस्कटप संस्करणमा जेमिनाई मोडलको लाइट संस्करण जेमिनाई नानो ल्याउने घोषणा गरेको छ । यसले अन–डिभाइस एआई प्रयोग गरी सामाजिक सञ्जाल पोस्टका लागि टेक्स्ट लेख्न, प्रडक्ट रिभ्यु लेख्न र गुगल क्रोमभित्र अन्य काम गर्न मद्दत गर्ने बताइएको छ ।

स्यान्थआईडी एआई वाटरमार्किङ अपग्रेड

गुगलले यसको स्यान्थआईडीले भिओ एआईबाट बनेका भिडियोमा वाटरमार्क लाउने, एआईबाट बनेका भिडियो पत्ता लगाउनसक्ने लगायतका काम गर्नसक्ने गरी अपग्रेड गरिएको बताएको छ ।

मंगलबार सार्वजनिक भएका यी नयाँ फिचर एवं अपडेट हप्ता दिनभित्रै प्रयोगकर्ताहरूका लागि सार्वजनिक हुँदै छन् । केही फिचर भने सबै प्रयोगकर्ताका लागि सार्वजनिक हुन समय लाग्ने कम्पनीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  ११:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu