site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सार्वजनिकस्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि महानगरको अवरोध
Sarbottam CementSarbottam Cement

काठमाडौं । सार्वजनिकस्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ । काठमाडौं महानगरपालिका–३२ स्थित शंखमूल घाटमा स्थानीयले गरेका ‘प्रथम शंखमूल तीर्थ श्रावणी महोत्सव’मा अवरोध गरिएको हो ।

स्थानीयले सो स्थानमा यही साउन १ गतेदेखि महोत्सव सञ्चालन गरिरहेका छन् । महानगरपालिकासँग अनुमति नलिई अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगर प्रहरीको टोलीले मंगलबार अनुष्ठान बन्द गर्न आग्रह गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पार्कमा हिँड्न नपाएको भन्ने जनगुनासो आएको र वडाको स्वीकृति समेत नलिई गरिएको भन्दै नगर प्रहरी प्रमुख पाण्डेले स्वीकृति लिएर मात्र कार्यक्रम गर्न आग्रह गरे । उनले यस्ता कार्यक्रम धार्मिकस्थलमा मात्र गर्न अनुरोध गरे ।

स्थानीयले भने सो स्थान धार्मिकस्थल नै भएकाले आफूहरूले महोत्सव गरेको जिकिर गरे ।

Global Ime bank

नगर प्रहरी र स्थानीयका बीचमा केही बेर भनाभन समेत भएको थियो । आफूहरूले लिखित रूपमा अनुमति लिएर भए पनि अनुष्ठान सञ्चालन गर्ने तर नरोक्ने स्थानीयले बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १२:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement