site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एमबाप्पेका लागि साउदी अरेबियन क्लब अल–हिलालको कीर्तिमानी प्रस्ताव
फाइल तस्बिर ।

काठमाडौं । साउदी अरेबियाको क्लब अल हिलालले फ्रान्सका फरवार्ड काइलियन एमबाप्पेलाई ३३२ मिलियन डलर (३०० मिलियन युरो)को प्रस्ताव गरेको छ । सोमबार अल हिलालले एमबाप्पेका लागि पेरिस सेन्ट जर्मन (पीएसजी)लाई कीर्तिमानी रकमको प्रस्ताव गरेको हो ।

पीएसजीले उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिँदै छलफलका लागि अनुमति खुला राखेको छ ।

Dabur Nepal
NIC Asia

सन् २०१८ को विश्वकप विजेता एमबाप्पे र पीएसजीबीच अब अन्तिम १२ महिनाको सम्झौता बाँकी छ । यो बेला पीएसजीको चाहना नवीकरणमा हुँदा एमबाप्पे भने सम्झौता अवधि समाप्त भएपछि क्लब छोड्न चाहन्छन् । पीएसजी एमबाप्पेलाई ‘फ्री एजेन्ट’का रूपमा जान नदिने पक्षमा रहँदा यी दुईबीच पछिल्लो समय तनावको स्थिति सिर्जना भएको छ ।

एमबाप्पेमाथि नैतिक दबाब थप्न पीएसजीले प्रि–सिजन एसिया टुरमा समेत उनलाई टिमबाट बाहिर राखेको छ ।

पछिल्लो समय युद्धस्तरमा फुटबलमा लगानी बढाइरहेको साउदी अरेबियाले चर्चित स्टारहरूलाई अनुबन्ध गरेर विश्वको ध्यान खिचेको छ । गएको डिसेम्बरमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो अल–नासरमा अनुबन्ध भएपछि सुरु भएको यो शृंखलामा हालसम्म करिम बेन्जेमा, एन्गोलो कान्टे, फिर्मिन्होजस्ता खेलाडीहरू जोडिएका छन् । र, अल हिलाल एमबाप्पेलाई पनि यो शृंखलामा जोड्न चाहन्छ ।

एमबाप्पे र अल–हिलालबीच सम्झौता भए यो अहिलेसम्मकै सबैभन्दा ठूलो सरुवा हुनेछ । यसअघि, सन् २०१७ मा पीएसजीले बार्सिलोनाबाट नेइमारलाई २२२ मिलियन युरोमा अनुबन्ध गर्नु नै हालसम्मको सबैभन्दा ठूलो सरुवा हो ।

अल–हिलालले यसअघि अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि कीर्तिमानी रकमको प्रस्ताव गरेको थियो । तर, मेसीले साउदी क्लबको प्रस्ताव इन्कार गर्दै अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीसँग सम्झौता गरे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले खुलाएअनुसार त्यस बेला अल–हिलालले मेसीका लागि ४०० मिलियन युरोको प्रस्ताव गरेको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro