site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रभु क्यापिटलले गर्‍यो ‘टिकटक कम्पिटिसन’

काठमाडौं । मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्ना सेवाग्राहीका लागि सेवासँगै ‘लोयल्टी पोइन्ट्स अफर’ साथै ‘रिफरल स्किम’ लन्च गरेको छ ।

क्यापिटलले ‘प्रभु क्यापिटल लोयल्टी एन्ड रिफरल टिकटक कम्पिटिसन’ सञ्चालनमा ल्याएको हो । यो योजना श्रावण मसान्तसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

यस ‘टिकटक कम्पिटिसन’ अन्तर्गत सहभागीहरूले प्रभु क्यापिटलको टिकटक एकाउन्टमा राखिएको जिंगलको ओर्जिनल साउन्डमा टिकटक बनाई ह्यासट्याग ह्याजप्रभुलोयल्टीन्डरिफरल राखी पोस्ट गर्नुपर्ने हुन्छ ।

सबैभन्दा धेरै लाइक्सको आधारमा विजेता छनौट गरिने र विजेताले १० हजार रूपैयाँ जित्न सकिने बताइएको छ ।

 

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  २०:१८
प्रतिक्रिया दिनुहोस्