
काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एन्ड फार्म हाउस प्रालिले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न सिटिजन्स क्यापिलको परामर्शदाताको रूपमा सहयोग लिने भएको छ । सम्झौतामा रिसोर्टका तर्फबाट अध्यक्ष रामनाथ मैनाली र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौतापछि सिटिजन्स क्यापिटलले रिसोर्टलाई प्रालिबाट पब्लिक कम्पनीमा रूपान्तरण गर्न तथा सार्वजनिक निष्कासन (आईपीओ) अनुमति लिन सबै तयारी कार्य परामर्श सेवा दिननेछ ।
०७६ सालदेखि कारोबार सुरु भएको रिसोर्ट भक्तपुरको डोलेश्वरमा १० रोपनी क्षेत्रफलमा फैलिएको छ । रिसोर्टमा अहिले १५ कोठा रहेकामा बढाएर ३५ कोठा पुर्याउने लक्ष्यछ । अहिले स्विमिङ पुल पनि निर्माणाधीन अवस्थामा रहेको कम्पनीले जनाएको छ ।
रिसोर्टमा ३०० जनासम्मको क्षमता भएको ठूलासाना गरी तीन सभा हल छन् ।