site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
बुटवल–भैरहवामा हुन्डाई क्रेटा ईभी सार्वजनिक कार्यक्रममा ३० भन्दा बढी बुकिङ

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले बुटवल–भैरहवा क्षेत्रमा सार्वजनिक गरेको नयाँ क्रेटा ईभीमा ग्राहकको आकर्षण देखिएको छ । सिद्धार्थ युवा पार्क मधुवनग्राममा आयोजित क्रेटा ईभीमा सार्वजनिक तथा अन्तरक्रिया कार्यक्रमका क्रममा यो मोडल गाडी ३० भन्दा बढीले बुकिङ गरेका हुन् ।

यस्तै, सोही स्थानबाट १० वटा गाडी ग्राहकलाई हस्तान्तरण गरिएको कम्पनीले जानकारी दिएको छ ।

हुन्डाई नेपालका अनुसार, क्रेटा ईभीको आगमनले विद्युतीय सवारीबारे रहेका भ्रमहरू हटाउन मद्दत पुर्‍याउनेछ। विशेष गरी सर्भिस, स्पेयर पाट्र्स र ब्राण्ड सपोर्टबारे ग्राहकमा रहेको अन्योल हट्ने अपेक्षा गरिएको छ । आईसीई पेट्रोल मोडल र ईभी दुवैमा एउटै प्लेटफर्म प्रयोग भएकाले सर्भिसमा समस्या नआउने लक्ष्मी हुन्डाइले जनाएको छ ।

यससँगै लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टम सुदृढ गर्न देशभर ६६ वटा रि–ल्यक्स र एसी चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याइसकेको छ । पेट्रोल वा ईभी जुनसुकै मोडल किन्दा पनि सेवा र सपोर्टमा कुनै अभाव नहुने बताइएको छ ।

कार्यक्रममा स्थानीय डिलर सिद्धि विनायक मोटोकर्प, बुटवल र जगत मोटर्स, भैरहवाको सहकार्य रहेको थियो । कार्यक्रमका क्रममा कम्पनीका प्रतिनिधिले सहभागीसँग प्रत्यक्ष संवाद गर्दै गाडीका सुविधाबारे विस्तृत जानकारी दिएका थिए ।

कम्पनीले राष्ट्रको स्वच्छ र स्मार्ट भविष्य निर्माणको यात्रालाई अघि बढाउँदै देशभरका ग्राहकसँगको सम्बन्ध अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

नेपालमा हुन्डाई सवारीसाधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी हुन्डाई हो ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १७:५२
प्रतिक्रिया दिनुहोस्