site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
गोन्द्राङमा 'राइनो पार्क' बन्दै

काठमाडौं । भरतपुर महानगरपालिका–१२ को गोन्द्राङमा नगरस्तरीय पार्क निर्माण हुने भएको छ । राइनो पार्क तथा खुला चिडियाखानाको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शिलान्यास गरिन् । उनले भरतपुर महानगरपालिकाको एक वडा, एक पार्कको नीतिअनुसार राजमार्गसँग जोडिएको यस ठाँउमा पार्क निर्माण गर्न लागिएको बताइन् ।

राइनो पार्क भरतपुर आउने पर्यटकलाई नजिकै छोटो समय घुमघाम गर्न उपयुक्त स्थान बन्ने विश्वास लिइएको छ ।

बेलसहर सामुदायिक वन क्षेत्रमा पर्ने पार्क आठ विघा क्षेत्रफलमा निर्माण हुनेछ । गौतम मोर्डन जेभीले २०८२ कात्तिक ७ गतेभित्र निर्माण सम्पन्न हुने गरी मूल्य अभिवृद्धि करसहित दुई करोड २३ लाख आठ हजार ६५४ रुपैयाँमा पार्कको निर्माण गर्नेछ ।

भरतपुर महागनरपालिकाका सिनियर डिभिजनल इन्जिनियर सन्तोष आर्चायले यो रकमबाट वन्यजन्तु उद्धार भवन, गोही, सर्प, माछा, कछुवाको लागि पोखरी, म्युजियम, फुटपाथ, घेराबारसहितको खुला चिडियाखाना र विश्रामका लागि गोलघर निर्माण हुने बताए । 
 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १७:१५
प्रतिक्रिया दिनुहोस्