site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी प्रदेशस्तरीय फुटसल प्रतियोगितामा ६ क्याम्पस दोस्रो चरणमा

विराटनगर । झापाको दमकमा जारी कोसी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको दोस्रो दिनको खेलमा ६ वटा क्याम्पस विजयी भएका छन् ।

दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भइरहेको प्रतियोगितामा सोमबार काँकरभिट्टा, सुकुना, मेची, महेन्द्र, मोडल दमक र दमक बहुमुखी क्याम्पस विजयी भए ।

काँकरभिट्टा बहुमुखी क्याम्पसले सुरुङ्गाको कनकाई क्याम्पसलाई ७–१ गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश ग¥यो । त्यस्तै, सुकुना बहुमुखी क्याम्पस मोरङले महेन्द्ररत्न क्याम्पस इलामलाई ४–३ गोल अन्तरले हरायो ।

मेची बहुमुखी क्याम्पस भद्रपुरले उर्लाबारी बहुमुखी क्याम्पसमाथि ७–३ गोल अन्तरको फराकिलो जित दर्ता ग¥यो । महेन्द्र बहुमुखी क्याम्पस धरानले बिर्तामोडको कनकाई आदर्श क्याम्पसलाई ३–१ गोल अन्तरले हरायो ।

त्यस्तै, मोडल क्याम्पस दमकले बिर्तामोडको इन्द्रचन्द्र क्याम्पसलाई ५–२ गोल अन्तरले हराउँदै अघिल्लो चरणमा स्थान पक्का ग¥यो । सोमबारको अन्तिम खेलमा दमक बहुमुखी क्याम्पस बी टिमले छिमेकी क्याम्पस श्रीयन्त्र कलेज दमकलाई ३–२ गोल अन्तरले हरायो ।

आयोजक युनियन सभापति सोविन न्यौपानेका अनुसार प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २१ वटा क्याम्पसले प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगिताको फाइनल खेल साउन १० गते हुनेछ । विपन्न विद्यार्थीहरूलाई पढाइबाट बञ्चित हुन नदिन छात्रवृत्ति कोष निर्माणका लागि प्रतियोगिता आयोजना गरिएको हो । कोषका लागि पाँच लाख रुपैयाँ बचत गर्ने लक्ष्य रहेको न्यौपानेले बताए ।

प्रतियोगिताको विजेता टिमले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्रमा प्राप्त गर्नेछ । त्यस्तै, विधागत पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro