1690203118.jpeg)
काठमाडौं । टीभीएस नेपाल अन्तर्गतको अपाचे अनर्स ग्रुप एओजीले आफ्नो नयाँ राइड सम्पन्न गरेको छ ।
४० राइडरहरूको सहभागिता रहेको उक्त राइडमा एओजी टिमले महेन्द्रनगर हुँदै बेटकोट नगरपालिका–७ मा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र भएर खर्क रिसोर्ट सम्मको यात्रा गरेको हो ।
युवाहरूको बाइकिङ् प्रतिको प्रेमलाई एकै छानो मुनि ल्याउनका साथै राइडरहरू बीचको भाइचारा बढाउन एओजी गत वर्षदेखि यो राइड आयोजना गर्दै आएको छ ।
राइडसँगै सामाजिक कार्यहरूमा पनि सहयोग पुर्याउँदै आएको बताउँदै एओजीले यस पटक भने बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्र आश्रय लिएका १९ जना आमाबुवासँग भेटघाट गरी खाद्यान्न तथा टिसर्ट वितरण गरेको जनाएको छ ।
पछिल्लो चार महिनामा एओजीले यस्ता ५४ वटा राइड सम्पन्न गरिसकेको छ । यसले एओजीमा आबद्ध हुन थप राइडरहरू आकर्षित भइरहेको जनाएको छ ।
बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा भइरहेको कार्यक्रममा टीभीएसका हेड मार्सल गौरव पाठक र जगदम्बा मोटर्सका रिजनल सेल्स अफिसर विक्रम बोहराले आफ्नो भनाइ राखेका थिए ।
जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुई पांग्रे सवारीसाधनको एक मात्र आधिकारिक वितरक हो ।