site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भ्रष्टाचारको फाइल खोल्ने सरकारको तागत भनेको कांग्रेस हो : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको फाइल खोल्दै गर्दा सरकारको पछाडिको तागत कांग्रेस भएको बताएका छन् । सोमबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी वा ललितानिवास, जे भए पनि व्यक्तिको विषय गौण हुने बताए ।

“भ्रष्टाचारको फाइल खोल्दै गर्दाको तागतको पछाडि को छ ? नेपाली कांग्रेस छ । सरकारले फाइल खोल्दै गर्दा तागत दिने काम सशक्तीकरण गर्ने काम हामीले गरेका हौँ,” शर्माले भने ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आफ्नै दलका नेता बालकृष्ण खाँणप्रति संकेत गर्दै उनले यी विषयको कुुरा गर्दा आफ्नै दलका नेता परे पनि कानुन बनाउँदा कांग्रेसका नेतालाई नलाग्ने भन्ने कुरा नहुने बताए ।

“कांग्रेसले कानुन बनाउने तर कानुन नलाग्ने भन्ने हुँदैन । भ्रष्टाचार निवारण ऐन २०५९ कांग्रेसले बनायो । मुलुकी संहिता २०७४ कांग्रेसले बनायो,” उनले भने, “हामीले बनाएको कानुनमा हाम्रै नेताहरू पर्नुभयो भने हामीले कानुन कमजोर बनाउन खोजेनौँ । अहिले अरू दलले निलम्बन गर्यो, गरेन भन्नेमात्रै होइन ।”

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १८:१३
प्रतिक्रिया दिनुहोस्