site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एक वर्षमा २६ अर्बको ३९ लाख फोन नेपाल भित्रिए
सांकेतिक तस्बिर।

काठमाडौं । गत आर्थिक वर्ष २०७९/०८० मा स्मार्टफोन र अन्य फोन गरी ३९ लाख ३५ हजार ३६७ वटा मोबाइल सेट नेपाल भित्रिएका छन् ।

करिब २६ अर्ब ५१ करोड रुपैयाँ बराबरका यी डिभाइसबाट सरकारले चार अर्ब ८८ करोड रुपैयाँ राजस्व उठाएको छ ।

यीमध्ये स्मार्टफोनको संख्या १५ लाख ६९ हजार ५९६ छ । बाँकी अन्य वायरलेस नेटवर्कका सेलुलर फोन रहेका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार स्मार्टफोन मात्रै २४ अर्ब ३९ करोड रुपैयाँ बराबरका भित्रिएका हुन् । यसबाट सरकारले चार अर्ब ५५ करोड रुपैयाँ राजस्व उठाएको छ ।

एक वर्षमा भित्रिएका अन्य फोनको संख्या २३ लाख ६५ हजार ७७१ छ । दुई अर्ब ११ करोड रुपैयाँ बराबरका यी फोनबाट सरकारले करिब ३३ करोड रुपैयाँ राजस्व उठाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा स्मार्टफोन र अन्य फोन गरी ५७ लाख ६३ हजार सेट मोबाइल नेपाल भित्रिएका थिए । ४० अर्ब ८९ करोड मूल्य बराबरका यी फोनबाट सरकारले ६ अर्ब ५४ करोड राजस्व उठाएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १५:४९
प्रतिक्रिया दिनुहोस्