site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनको मूल्य घट्यो

काठमाडौं । साउन ४ गते हालसम्मकै उच्च विन्दुमा पुगेको छापावाल सुनको मूल्य त्यसयताका कारोबार दिनमा लगातार ओरालो लाग्न थालेको छ । त्यसयताका तीन कारोबार दिनमा सुनको मूल्य प्रतितोला एक हजार ६०० रुपैयाँ घटेको छ ।

आज सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको छ । साउन ४ गते एक लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता ५ गते प्रतितोला एक हजार ८०० रुपैयाँ घटेर कारोबार भएको सुन ७ गते ५०० रुपैेयाँ र आज (८ गते) ३०० रुपैयाँ घटेर कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि चार गतेयता ३५ रुपैयाँ घटेर करोबार भएको छ । आज चाँदी प्रतितोला एक हजार ४६० रुपैयाँमा कारोबार भएको छ । ४ गते भने एक हजार ४९५ रुपैयाँमा करोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँमा करोबार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १२:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro