site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सेतीखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । सेतीखोला हाइड्रोपावर लिमिटेडले प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ दरको ६० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सेतीखोलाले आयोजना प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

सम्झौता पत्रमा सेतीखोला हाइड्रोपावरका सञ्चालक समितिका अध्यक्ष अनुप आचार्य र कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् । सेतीखोला हाइड्रोपावरको अधिकृत पुँजी एक अर्ब ५० करोड रुपैयाँ, जारी पुँजी एक अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी ८८ करोड ४६ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

सेतीखोला हाइड्रोपावरले विद्युत् उत्पादन गर्ने संस्थाको रूपमा वि.सं. २०८० असार, २९ गते प्राइभेट लिमिटेडबाट पब्लिक लिमिटेडमा परिणत भएको संस्था हो । उक्त संस्थामा मुख्य लगानीकर्ता डोल्मा इम्प्याक्ट फन्ड–२ रहेको छ । जसले संस्थाको ४९ प्रतिशत लगानी रहेको छ भने बाँकी ५१ प्रतिशत सेयर संस्थाका अध्यक्ष अनुप आचार्य, दिपक बराललगायतका पोखराका स्थानीय बासिन्दाको लगानी रहेको छ । 

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १९:०९
प्रतिक्रिया दिनुहोस्