site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस तीनपटक मात्र जाग्छ, अरूबेला सुतेर बस्छ : सहमहामन्त्री चौधरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले कांग्रेस निष्क्रिय पार्टी बन्दै गएको उल्लेख गरेका छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा आइतबार बोल्दै उनले कांग्रेस तीनपटक मात्र जाग्ने गरेको बताए ।

“कांग्रेस तीनपटक जाग्छ, अरुबेला निष्क्रिय भएर बस्छ । अरु बेला सुत्छ,” उनले भने, “पहिलोपटक जनआन्दोलन वा कुनै किसिमको आन्दोलनमा, दोस्रोपटक महाधिवेशनमा । महाधिवेशन हुन्छ, कांग्रेस सक्रिय हुन्छ । किनभने, पद लिनुपर्छ । र, तेस्रोपटक चुनाव आउँछ, कांग्रेस सक्रिय भएर अघि बढ्छ । अरु बेला निष्क्रिय हुन्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

सहमहामन्त्री चौधरीले कांग्रेस १२ महिनै सक्रिय बनाउने कार्यक्रम आवश्यक भएको बताए । साथै, उनले आम नागरिकहरुले बैठकको लाइभ हेरिरहेको भन्दै पार्टीले समाजवादी आर्थिक नीति, विदेश नीति, पर्यटन, जलस्रोत, शिक्षा, स्वास्थ्यलगायत सुशासनको कुरा भ्रष्टाचारको कुरा कसरी सृजना हुन्छ ?, कस्तो कार्यक्रम ल्याउँछ भनेर हेरिरहेको छ । यसलाई पनि महामन्त्रीहरूले प्रतिवेदनमा ल्याउनुपर्दथ्यो ।”

सहमहामन्त्री चौधरीले कांग्रेसमा अहिले प्रशिक्षण जरुरी रहेको बताए । नाती प्ुस्ता र युवा पुस्तामा कांग्रेस पुग्न नसकेको उनको भनाइ छ ।

Global Ime bank

“गाउँघरमा नातीहरुलाई सोध्नुहोस्– मेरो बाजे कांग्रेस, बुबा कांग्रेस भन्छ । ती युवाहरुलाई विधान र इतिहासको बारेमा नीति, कार्यक्रम, घोषणापत्र र अन्य पार्टीहरूको बारेमा प्रशिक्षण गराएर अरु पार्टीसँग डिबेट गर्ने गरी योग्य बनाउन जरुरी छ,” उनले भने ।

उनले पार्टीबाट स्थानीय तह निर्वाचन जितेकाहरू अहिले राजा भएको भन्दै आक्रोश पोखे । साथै, चौधरीले जग बलियो नभए घर बलियो नबन्ने भन्दै क्रियाशील सदस्य बढाउँदैमा मत आउँदैन भन्ने उदाहारण गएका निर्वाचनहरूले देखाएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १६:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !