site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एमबाप्पेमाथि पीएसजीले ‘नैतिक उत्पीडन’ गरेको आरोप

काठमाडौं । पेरिस सेन्ट–जर्मन (पीएसजी)माथि फरवार्ड काइलियन एमबाप्पेलाई प्रि–सिजन एसिया भ्रमणबाट बाहिर निकालेर ‘नैतिक उत्पीडन’ गरेको आरोप लागेको छ ।

पीएसजीले एमबाप्पेमाथि नैतिक शोषण गरेको भन्दै फ्रान्सेली फुटबलर युनियनले क्लबविरुद्ध कानुनी कारबाहीमा जान सक्ने चेतावनी दिएको छ ।

पीएसजीका सर्वकालीन उच्च गोलकर्ता एमबाप्पे र क्लबबीचको सम्झौता समाप्त हुन एक वर्ष बाँकी छ । पीएसजी एमबाप्पेलाई सम्झौता समाप्त हुनुअगावै बेच्न चाहन्छ । एमबाप्पे भने सम्झौता समाप्त नहुँदासम्म पीएसजीमै बस्न चाहन्छन् । यसैकारण पछिल्लो समय क्लब र एमबाप्पेबीचको सम्बन्ध चिसिँदै गएको छ ।

Dabur Nepal
NIC Asia

पीएसजीले सन् २०१७ मा एमबाप्पेलाई १६५.७ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो ।

एसिया भ्रमणअन्तर्गत जापान र दक्षिण कोरियामा मैत्रीपूर्ण फुटबलका लागि निस्किएको पीएसजीले एमबाप्पेलाई टिमबाहिरै राख्यो । त्यसपछि युनियनले एक विज्ञप्ति जारी गर्दै क्लबले सबैलाई समान व्यवहार गर्नुपर्नेमा जोड दिएको हो ।

“सबै खेलाडीले अन्य खेलाडीको जस्तै समान रूपमा आफ्नो कार्यमा रमाउन पाउनुपर्छ । प्रशिक्षकले खेलाडीलाई काम गर्ने वातावरण बिगार्ने परिस्थितिको निर्माण गरेर कुनै कुरा स्वीकार गर्न लगाउनु वा छोड्न बाध्य बनाउनु नैतिक शोषण हो । यसलाई फ्रान्सेली कानुनले कडा रूपमा निन्दा गर्दछ ।  यस्तो व्यवहार गर्ने कुनै पनि क्लबविरुद्ध नागरिक र फौजदारी कारबाही गर्ने अधिकार युनियनसँग सुरक्षित छ,” जारी विज्ञप्तिमा उल्लेख छ ।

एमबाप्पे पीएसजीका लागि पछिल्लो ६ वर्षयता मुख्य खेलाडी बनेका छन् । उनी पछिल्लो पाँच सिजनयता लिग वानको उच्च गोलकर्ता समेत हुन् । एमबाप्पेले पीएसजीका लागि २६० खेलमा २१२ गोल गरिसकेका छन् ।

एमबाप्पेले सम्झौता नवीकरण अस्वीकार गरेपछि पीएसजीले उनलाई टिमका लागि खेल्ने समूहको सदस्य नै नमान्ने बीबीसीले खुलाएको छ । क्लबका अध्यक्ष नासेर अल–खेलाइफीले सन् २०२४ मा एमबाप्पेलाई ‘फ्री एजेन्ट’का रूपमा छोड्न असम्भव रहेको प्रतिक्रिया दिइसकेका छन् ।

पीएसजीले हालै मात्र क्रिस्टोफर गाल्टियरको स्थानमा बार्सिलोना तथा स्पेनका पूर्वप्रशिक्षक लुइस एनरिकेलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १२:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro