site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मैले टिकट पाएपछि चुनाव जिताउनभन्दा पनि हराउन लागि परे : विनोद चौधरी
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको जारी बैठकमा केन्द्रीय सदस्य विनोद चौधरीले आफूलाई चुनाव हराउन पार्टीभित्रैबाट खेल भएको बताएका छन् । केन्द्रीय सदस्य चौधरीले आइतबार बैठकमा बोल्दै निर्वाचनको समयमा आफूले दुर्भाग्यपूर्ण स्थितिको अनुभव गरेको जिकिर गरे ।

“मैले आफ्नो चुनावको अनुभव राख्दा, कस्तो स्थितिको सामना गर्नुपरो भने, मैले टिकट पाउनेबित्तिकै त्यहाँ एउटा ठूलो तप्का चुनावमा कसरी जिताउनेभन्दा पनि कसरी रोक्ने, छेक्ने, कसरी विरोधको वातावरण बनाउने अनि कसरी अफ्ठ्यारो पार्ने खालका गतिविधि भए,” उनले भने, “मेरो निर्वाचन क्षेत्रमा त कसरी अर्काे विरोधी उमेदवारलाई विजयी गराउने भन्ने क्रियाकलापमा हाम्रै पार्टीका केही व्यक्तिहरु प्रत्यक्ष संलग्न भए । यसका प्रमाणहरु निर्वाचनकै बेला छरपष्ट भइसकेका छन् ।  मैले निर्वाचनका बेला अत्यन्तै दुर्भाग्यपूर्ण स्थितिको अनुभव गरे । म जस्तै धेरैले यस्तो अनुभव गरेको मैले पाएको छु ।”

पार्टीलाई बलियो बनाउने र पार्टीको रूपमै राख्ने भए पार्टी संगठन, भ्रातृसंगठन, शुभेच्छुक संगठन र पार्टी सदस्यलाई अनुशासनमा राख्नुपर्ने धारणा राखे ।

उनले युवा पुस्ताको आकर्षण नयाँ पार्टीमा भएको भन्दै यसतर्फ पनि ध्यानाकर्षण गराए । युवाहरूले नयाँ पार्टीलाई भोट हाल्न परिवारमा दबाब दिइरहको अवस्थामा पार्टी एकढिक्का भएर गम्भीर बन्नुपर्ने समय आएको उनले बताए ।

“अहिले नयाँ नयाँ पार्टीहरु जुन रुपमा सलबलाइरहेका छन्, जुन रुपमा स्थानीय तहमा गतिविधि गरिरहेका छन्, नाम नै नसुनेका उमेदवार उठ्दा पनि हजारौँ भोट पाउँछन्,” उनले भने, “खासगरी युवा पंक्तिहरु, नयाँ पढेलेखेका, देशबाहिर रहेका युवाहरुले आफ्नो परिवार, पार्टीकै परिवारका सदस्यले पनि घरमा फोन गरेर अब नयाँ पार्टीलाई भोट हाल्नुस् । पुराना पार्टीका कारण हामी विदेशिएका हौँ भनेर नयाँलाई मतदान गर्न भनेर परिवारका सदस्यमा दबाब दिइरहेको अवस्थामा हामीहरु एकढिक्का हुनुको साँटो आफ्नै पार्टीका कतिपय नेताहरुबाट असहयोग हुनुले स्थिति झनै गम्भीर रहेको म यहाँहरुलाई जानकारी गराउँछु ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १२:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro