site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ललितपुरमा बसको ठक्करबाट दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौं र ललितपुरमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।

ललितपुरको हात्तीवनमा बा३ख ४१०८ नम्बरको बसले बा५६प ३४५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे घर भई हरिसिद्धिमा बस्दै आएका मोटसाइकल चालक ३१ वर्षीय जीवन तामाङ र मकवानपुरका २९ वर्षीय मानबहादुर वाइवा रहेका ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

आज भएको उक्त दुर्घटनामा उनीहरू गम्भीर घाइते भएका थिए । बीएन्डबी अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको ललितपुर प्रहरीले जानकारी दिएको छ । बसका चालक र सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै, काठमाडौं महानगरपालिका–३१, शान्तिनगरस्थित सडकमा बा१ह ३८८४ नम्बरको टेम्पोको ठक्करबाट पैदलयात्री मकवानपुरको थाहा नगरपालिका–१ घर भई काठमाडौंको शान्तिनगरमा बस्दै आएका ३८ वर्षीय रामभक्त श्रेष्ठको मृत्यु भएको छ ।

हिजो साँझ भएको उक्त दुर्घटनामा उनी गम्भीर घाइते भएका थिए । सिभिल अस्पताल हुँदै बीएन्डबी अस्पतालमा थप उपचारका क्रममा उनको मृत्यु भएको हो ।

टेम्पोको ठक्करबाट घाइते भएका अरू दुई पैदलयात्रीमध्ये एकजनाको केएमसी अस्पताल सिनामंगल र एकजनाको सिभिल अस्पताल बानेश्वरमा उपचार भइरहेको छ । टेम्पो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १९:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro