site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
चिर्पट प्रहार गरी भिनाजुको हत्या
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । धनुषामा आफ्नै भिनाजुको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बनारसका २५ वर्षीय सुरज सिंह छन् ।

भारतकै सोनपुर, चन्दौलीका ३८ वर्षीय शिवमुरत सिंहको हत्या गरेको आरोपमा शुक्रबार दिउँसो प्रहरीले सुरजलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार सुरज धनुषाको लक्ष्मीनिया गाउँपालिका–७, लक्ष्मीनिया बजारमा काम गरी बस्दै आएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

घरायसी विवादका क्रममा सुरजले नातामा भिनाजु पर्ने शिवमुरतमाथि दाउराको चिर्पटले प्रहार गरेका थिए । कुटपिटपछि शिवमुरत गम्भीर घाइते भएका थिए । सो सूचनापछि खटिएको प्रहरी टोलीले सुरजलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते शिवमुरतको गए राति मृत्यु भएको थियो । जनकपुरधामस्थित रामा अस्पताल हुँदै थप उपचारका लागि भारतको सीतामाढीतर्फ लैजाने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ६, २०८०  १७:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement