site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संविधान दिवस मनाउने विषयमा कांग्रेस बैठकमा आपत्ति 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले संविधान दिवस मनाउने विषयमा आपत्ति जनाएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा शुक्रबार उनले महामन्त्रीले संविधान दिवस मनाउने प्रस्ताव गरेको भन्दै आपत्ति जनाए । 

“विवादास्पद कतिपय विषय उल्लेख भएको संविधानलाई कांग्रेसले दिवस मनाउन सक्छ ? यसमा मेरो घोर असहमति छ,” उनले भने । 

Dabur Nepal
NIC Asia

०४७ सालमा कांग्रेसकै स्वामित्वमा संविधान जारी गरिएको र अहिले ती एजेन्डा नभएकाले पहिले जस्तो स्वामित्व अहिले नरहेको उनको भनाइ छ । 

“संविधान हामीले बनाएको हो । ०४७ सालमा हामीले बनाएको हो । ०४७ सालको संविधान बनाउँदा जति हाम्रो ओनरसिप थियो । अहिले ओपनसिप त्यति छैन,” उनले भने । 

संविधानमा उल्लेखित 'धर्मनिरपेक्ष' भन्ने शब्द हटाउनुपर्छ भनेर कांग्रेस बोल्नुपर्ने बताए । संघीयता महँगो भएकाले विकल्प खोज्नुपर्ने उनको भनाइ छ । निर्वाचन प्रणालीमा पनि विचार गर्नुपर्ने भण्डारीको उनले बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १५:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro