site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपनिर्वाचनको सन्देश कांग्रेसलाई सुध्र भन्ने हो : सरिता प्रसाईं

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंले विश्वविद्यालयका पदाधिकारी र राजदूत नियुक्त गर्दा राजनीतिक भागबण्डाको आधारमा गर्न नहुने बताएकी छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा उनले यसले बाहिर पार्टीको छवि राम्रो नगएको बताइन् । उनले राजदूतमा पार्टीको मान्छे नियुक्त गर्नैपरे योग्य र क्षमतावान् व्यक्ति नियुक्त गर्न आग्रह गरिन् ।
 
केन्द्रीय सदस्य प्रसाईंले उपनिर्वाचनको हार कांग्रेसलाई सुध्रने अवसर भएको बताइन् । जनताले तिमीहरू सुध्रेर आऊ नभए हामी साथमा नरहन सक्छौं भन्ने सन्देश निर्वाचनको परिणामले दिएको उनको भनाइ छ । 

उनले ललितानिवास, भुटानी शरणार्थी, एक क्विन्टल सुन प्रकरणलगायता भ्रष्टाचारमा निर्मम तरिकाले छानबिन गर्न कांग्रेसले सरकारलाई दबाब र सहयोग गर्नुपर्ने बताइन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro