site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहयोग रोक्ने ट्रम्प प्रशासनको निर्णयविरुद्ध हार्वर्ड विश्वविद्यालयद्वारा मुद्दा दायर

काठमाडौं । हार्वर्ड विश्वविद्यालयले आफूले संघीय सरकारबाट पाउनुपर्ने अरबौँ डलरको रकम (कोष) रोक्का गर्ने निर्णयविरुद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ ।

गत हप्तादेखि तीव्र विवादको विषय बनेको विश्वविद्यालयले संघीय अदालतमा सोमबार मुद्दा दायर गरेको हो । 

ट्रम्प प्रशासनले विश्वविद्यालयमा यहूदीविरोधी भावना नियन्त्रण, विश्वविद्यालय प्रशासनमा सुधार र विविधतालाई अभिवृद्धि नगर्ने जस्ता कार्य गर्न आफूले दिएको निर्देशनलाई हार्वर्ड विश्वविद्यालयले अस्वीकार गरेको भन्दै संघीय सरकारमार्फत दिइने २.२ अर्ब डलरको डलरको रकम (कोष) रोक्का गरेको थियो । 

विश्वविद्यालयको करमुक्त (कर नलाग्ने) स्ट्याटस माथि पनि चुनौती दिएका थिए ।

हार्वर्ड विश्वविद्यालयका अध्यक्ष एलन एम. गार्बरले सोमबार विश्वविद्यालयको नाममा पठाएको पत्रमा सरकारले गरेको यो अनुचित हस्तक्षेपको परिणाम गम्भीर र दीर्घकालीन हुने चेतावनी दिएका छन् ।

गार्बरले कोष रोक्का गर्ने निर्णयले पेडियाट्रिक क्यान्सर, अल्जाइमर र पार्किन्सन रोगजस्ता विषयमा भइरहेका महत्वपूर्ण अनुसन्धानहरूमा असर पारेको बताएका छन् ।

विश्वविद्यालयले दायर गरेको मुद्दामा भनिएको छ, ‘हालका हप्ताहरूमा संघीय सरकारले विभिन्न अनुसन्धानहरू सफल बनाउने आर्थिक साझेदारीमा आक्रमण गरेको छ । यो मुद्दा संघीय कोष रोकेर संघीय सरकारले हार्वर्ड विश्वविद्यालयको शैक्षिक निर्णय प्रक्रियामा नियन्त्रण कायम गर्न खोजेको विषयसँग सम्बन्धित छ ।” 

ट्रम्प प्रशासनले केही दिनअघि हार्वर्डले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने स्वतन्त्रतालाई पनि कमजोर पार्ने चेतावनी दिएको थियो । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले सोमबार दायर भएको उक्त मुद्दाबारे अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको बीबीसीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  ०६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro