site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सिटिजन्स बैंकले ग्राहकलाई छुट दिन गर्‍यो विभिन्न संस्थासँग सम्झौता 
Argakhachi Cement Island Ad

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूलाई आकर्षक सेवा सुविधा उपलब्ध गराउने क्रममा विभिन्न संस्थाहरूसँग सम्झौता गरी विशेष छुट सुविधा उपलब्ध गराउने भएको छ । सम्झौतापश्चात् सिटिजन्स बैंकका ग्राहकहरूले उक्त संस्थाहरूका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरूले जनकपुरधाम, धनुषामा अवस्थित होटेल राजदरबार एन्ड नवरंग रिसोर्ट, होटेल वेलकम, होटेल सीतासरण, सीतासरण होटेल एन्ड प्लाजा, लिटिल मोर रेष्टुरेन्ट एन्ड क्याफे, होटेल प्रफेक्ट प्लाजा, निरोग्य क्लिनिक एन्ड रिसर्च सेन्टर तथा बुद्ध डायबिटिक एन्ड थाइरोइड केयरका सेवाहरूमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

हाल सिटिजन्स बैंकले १८८ वटा शाखा, १४६ वटा एटीएम, तीन विस्तार काउन्टर र ९७ वटा शाखारहित बैंकिङ्ग इकाइबाट १६ लाखभन्दा बढी ग्राहक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  २०:१२
प्रतिक्रिया दिनुहोस्