site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बालकृष्ण खाँण निलम्बनको पक्षमा इतर समूह, रक्षात्मक बन्दै संस्थापन 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एकपछि अर्को 'भ्रष्टाचार काण्ड'हरू बाहिर आइरहेका छन् । पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका शीर्ष नेताहरू नै जोडिएको देखिएपछि त झन् मुलुकका लागि भ्रष्टाचार थप पेचिलो चुनौती बनेको छ ।

जसमा पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका शीर्ष नेतामध्येका एक बालकृष्ण खाँणको नाम पनि जोडिएको छ । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् । सर्वाधिक चर्चामा रहेको भुटानी शरणार्थी प्रकरणको विषय कांग्रेसको केन्द्रीय समिति बैठकमा पेचिलो बन्ने अपेक्षा गरिएको थियो । तर, त्यसो हुन सकेको छैन । बरु केही नेताहरू उनको बचाउमै उत्रिएका छन् । 

ललिता निवास जग्गा प्रकरणमा जोडिएका विजयकुमार गच्छदार कांग्रेस केन्द्रीय समिति बैठकमै छन् । भ्रष्टाचारविरुद्ध मुद्दामा सांसद पद नै निलम्बन परेका टेकबहादुर गुरुङको विषयमा कांग्रेसमा चर्चा भएको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, माथि उल्लेखितसहित भ्रष्टाचार विषयमा जारी कांग्रेस बैठकमा निर्मम रूपमा छलफल हुन सकेको छैन । यद्यपि, केही नेताले भ्रष्टाचारको विषयमा नबोलेका भने होइनन् ।

बिहीबारको बैठकमा सुशासन र भ्रष्टाचारको विषय त उठ्यो तर संस्थापन इतर पक्षबाट मात्रै । संस्थापन पक्षका नेताहरू खाँणको स्पष्ट रूपमा बचाउमा उत्रँदा इतर समूहले खुलेरै त्यसको विरोध गरे । यसले थोरै भए पनि केन्द्रीय समिति बैठकमा भ्रष्टाचारविरुद्धको बहस छेड्न खोजेको देखिन्छ । तर, केन्द्रीय समितिमा ८० प्रतिशत बढी पकड भएको संस्थापन पक्षले आफूहरूको एजेन्डालाई छायाँमा पार्ने देखिएको संस्थापन इतर पक्षका नेताहरू बताउँछन् ।

Global Ime bank

दोस्रो दिनको बैठक बुधबार संस्थापन पक्षका नेताहरूले खाँणविरुद्ध बोल्ने नेताहरूको हैसियतमै प्रश्न उठाएका थिए । विशेष गरी सभापति शेरबहादुर देउवाबाट मोनीनत केन्द्रीय सदस्यहरूले खाँणविरुद्ध उभिएका नेताहरूलाई ‘हेरौँला’ भन्ने आशयमा बोलेका थिए । 

बिहीबारको बैठकमा भने संस्थापन इतर समूहका नेताहरूले भ्रष्टाचारको विषयमा पार्टीको स्पष्ट नीति हुनुपर्नेमा जोड दिए । केन्द्रीय सदस्य मधु आचार्य, अजयबाबु शिवाकोटी, सञ्जय गौतम, प्रकाश स्नेही रसाइलीलगायतले भ्रष्टाचार विरुद्ध पार्टी स्पष्ट हुनुपर्ने बताएका थिए । 

आचार्यले नीतिगत निर्णय नै गरेर कांग्रेसले भ्रष्टाचारजन्य कार्यमा दोषी प्रमाणित भएका नेताहरू स्वतः निलम्बनमा पर्ने व्यवस्था गर्न माग गरे । उनले यो निर्णय जारी केन्द्रीय समिति बैठकबाटै गर्नुपर्ने माग राखे । 

“एउटा नीतिगत निर्णय नै गरौँ कि अख्तियार अख्तियार दुरुपयोग गरेको वा भ्रष्टाचारको कुनै पनि घटनामा पार्टीको नेता वा सदस्य दोषी देखिएमा तत्काल निलम्बन भएको स्वतः मानिने छ भनौँ,” उनले भने । 

उनले बहुचर्चित 'भ्रष्टाचार काण्ड'को छानबिन गर्न पार्टीले सरकारलाई दबाब दिनुपर्ने बताए । यसका लागि सडकमा उत्रिएर भए पनि वातावरण सिर्जना गर्नुपर्ने माग उनको छ । 

“बहुचर्चित भ्रष्टाचार काण्डको छानबिन गर्न सरकारलाई कांग्रेसले दाबाब दिनुपर्छ । आवश्यक परे सडकमा उत्रिन हामी तयार हुनुपर्छ । छानबिनको क्रममा दोषी देखिए, यो त्यो मन्त्री, राज्यमन्त्री, पूर्वमन्त्री, प्रधानमन्त्री भनेर हुँदैन कारबाहीको दायराभित्र ल्याउन  दबाब दिनुपर्छ । व्यक्ति हैन, एजेन्डा हेर्छ भन्ने कुरा स्थापित गर्न जरुरी छ,” उनले भने ।

अर्का केन्द्रीय सदस्य अजबाबु शिवाकोटीले त झन् 'सरकार रोज्ने कि साथी ?' भन्दै देउवालाई प्रश्न गरे । उनले वर्तमान सरकारको हिस्सा कांग्रेस भएको र यही सरकारले खाँणलाई पक्राउ गरेको भन्दै अन्याय भएको निष्कर्ष निकालेको भए सरकारमा किन बसको भन्दै उनले प्रश्न गरे । 

“यतिखेर कांग्रेस प्रचण्ड नेतृत्व सरकारको मुख्य हिस्सेदार हो । यही सरकारले हाम्रा वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई अलगअलग आरोपमा पुर्पक्षका लागि थुनामा पठाएको छ । सभापतिज्यू, यो प्रकरणमा हाम्रो द्विविधा अचम्मकै छ । खाँणप्रति अन्याय भयो भन्ने हो भने कांग्रेस सरकारबाट हट्नुपर्‍यो । होइन भने आफ्नै साथीहरू संलग्न भएको सरकारले थुनामा पठाउँदा आरोपितलाई पार्टीबाट निलम्बन गर्नुपर्छ कि पर्दैन ?,” शिवाकोटीले प्रश्न गरे । 

'सुशासनका हिमायती कांग्रेस कार्यकर्ताहरू कुनै पनि स्वरूपमा हुने भ्रष्टाचारलाई पृष्ठपोषण गर्न नसक्ने' शिवाकोटीको भनाइ थियो । उनले भ्रष्टाचारलाई कांग्रेसले काँध थाप्न नसक्ने र थाप्न नहुने जिकिर गरे । 

“थुनामा रहेका र थुनातर्फ हेरिरहेका दुवैलाई हामीले भ्रममा राख्नुभएन सभापतिज्यू, पार्टीले प्रस्ट भन्नुपर्‍यो । यो बैठकबाट पनि भ्रमपूर्ण सन्देश प्रसार हुनुभएन । सरकार र साथीमध्ये एक के रोज्ने हो सभापतिज्यू, यो बैठकले टुंगो लगाउनुपर्छ,” उनले थपे, “तर, मलाई खाने बाघले तँलाई पनि खाला भन्ने जस्तो गलत भाष्य स्थापित गर्ने प्रयास गरेर जनमानसमा कांग्रेसलाई रक्षात्मक बनाउने काम नहोस् ।”

केन्द्रीय सदस्य सञ्जय गौतमले पार्टीप्रति गाउँघरतिर समेत निराशा छाएको र भ्रष्टाचार र सुशासनको पक्षमा समेत पार्टीले प्रस्ट धारणा राख्न नसकेको भन्दै प्रश्न उठाए । 

“अहिले भ्रष्टाचार र सुशासनको मुद्दा प्रमुख बनेको छ । गाउँघरमा जाने स्थिति छैन । मुख देखाउन असहज भइरहेको छ । पार्टीको धारणा के हो ? यसमा पनि यो बैठकले प्रस्ट पार्नुपर्छ,” उनले भने ।

केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले जनमानसमा 'कांग्रेस भ्रष्टाचार भन्न बित्तिकै मुख थुन्छ, कानमा रुई हाल्छ' भन्ने भाष्य निर्माण भइरहेको भन्दै चिन्ता व्यक्त गरे । बैठकमा उनले भ्रष्टाचारविरुद्ध अभियान चलाउन आवश्यक रहेको बताए । 

“सामाजिक सञ्जालमा कांग्रेस भ्रष्टाचार भन्न बित्तिकै मुख थुन्छ, कानमा रुई हाल्छ भन्ने छ । यो क्यालेन्डरमा सुशील कोइरालाका नाममा एक साता लामो भ्रष्टाचारविरोधी अभियान सञ्चालन गर्नु जरुरी छ,” उनले भने ।

अर्का केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले भ्रष्टाचारको मुद्दामा दलका नेताहरू फसिरहेको भन्दै सत्यता बताउन आग्रह गरे । उनले यो विषयमा 'जवाफ कसरी दिँदै हिँड्ने ?' भन्दै नेतृत्वलाई प्रश्न गरे ।

“सारा मिडियामा भ्रष्टाचारको कुरामा हाम्रा नेताहरूको नाम जोडेर आउँछ । सत्य कि झुट समाचार के हो ?,” उनले गुनासो गरे, “हामीले सुनेर हिँड्नुपर्छ, उत्तर दिन गाह्रो हुन्छ ।”

बिहीबारको बैठकमा ३५ जनाले धाराणा राखे । बैठकमा खाँणको विषयमा संस्थापन इतर समूहका नेताहरूले मात्र प्रश्न उठाए ।

संस्थापन निकट केन्द्रीय सदस्य उदशमशेर राणा भने खाँणको बचाउमा उत्रिए । सिधै नाम लिएर नबोले पनि उनले पार्टीमा एकले अर्कालाई सद्भाव राख्ने र सहयोग गर्ने संस्कार हराउँदै गएको जिकिर गरे । आफ्नै साथीलाई समस्या पर्दा 'खुच्चिङ' भन्ने काम हुन थालेको भन्दै उनले त्यस्तो नगर्न आग्रह गरे । 

“एउटै पार्टीको सदस्य भएर एकले अर्कोलाई गालीगलौज गर्नु भनेको आफूले आफूलाई गाली गर्नुजस्तै हो । र, आफूले आफूलाई गाली गरेर पार्टी बलियो हुन्छ भन्ने लाग्दैन,” खाँणप्रति लक्षित अभिव्यक्तिमा उनले थपे, “आफ्नै पार्टीको साथी समस्यामा पर्दा खेरि पार्टीभित्रकै साथीले खुचिङ भन्ने काम पनि गरिरहनुभएको छ, त्यो नगर्नुहोला । हामी एउटै परिवार पनि हो ।”

बैठकमा बोल्ने अन्य संस्थापन निकट केन्द्रीय सदस्यहरूले यस विषयमा प्रश्न उठाउन चाहेनन् । उनीहरूले पार्टी सभापति र महामन्त्रीबीच देखिएको वैचारिक मत भिन्नता, विशेष गरेर महामन्त्री गगन थापाले पार्टी संसदीय दलको नेता परिवर्तन गर्न चाहेकोलगायत विषयमा धारणा राखका थिए । साथै उनीहरूले युवामैत्री कार्यक्रम ल्याएर कांग्रेसमा युवा आकर्षण बढाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टीमा कार्यकर्ता र जनताको अनसन्तुष्टि बढेको, गठबन्धनले निर्वाचनमा पहिलो दल बने पनि कांग्रेसले राजनीति हारेको, सरकार जनतासँग नजोडिएको, क्रियाशील सदस्यतालगायत विषयमा आफ्नो धारणा रोखका थिए । सञ्जय गौतमबाहेक सबै केन्द्रीय सदस्यले पार्टीलाई डिजिटलाइज गरेर बैठक लाइभ गराएको भन्दै सभापति देउवलाई धन्यवाद दिए । 

बिहीबारको बैठकमा पनि केन्द्रीय सदस्यहरू बोल्ने क्रम सकिएको छैन । बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी आजको बैठक सकियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  २०:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !