site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बजेटका लक्ष्य पूरा गर्नेगरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटका लक्ष्यहरू पूरा गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा बोल्दै गभर्नर अधिकारीले अघिल्लो आर्थिक वर्षमा निक्षेप राम्रो भएपनि कर्जा बिस्तार कम भएका बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नेगरी मौद्रिक नीति आउने उल्लेख गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले बजेटले तय गरेको कार्यदिशा र बजेटले लक्ष्य गरेको आर्थिक वृद्धिअनुसार नै मौद्रिक नीति आउने बताए । गभर्नर अधिकारीले बजेटले राखेको मूल्यको दर भित्र रहने गरी मौद्रिक नीति तर्जुमा गर्ने गरेको बताए ।

उनले भने, "बजेटले तय गरेको कार्यदिशा र बजेटले लक्ष्य गरेको आर्थिक वृद्धिअनुसार नै मौद्रिक नीति आउँछ । बजेटले राखेको मूल्यको दर भित्र रहनेगरी हामीले मौद्रिक नीति तर्जुमा गर्ने गरेका छौँ । समग्र मुलुकको आर्थिक अवस्था र अन्तर्राष्ट्रिय अवस्थालाई हेरेर मौद्रिक नीति तयार गर्ने गरेका छौँ ।" 

Global Ime bank

उनले राष्ट्र बैंकको मुख्य उद्देश्य नै मूल्य वृद्धि नियन्त्रण गर्ने, बाह्य क्षेत्रलाई स्थिरता कायम गर्ने र समग्र बैंकिङ स्थायित्व कायम गर्ने प्रमुख उद्देश्यलाई शिरमा राखेर मौद्रिक नीति जारी गर्ने उल्लेख गरे ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्मको मूल्यवृद्धि हेर्दा यो वर्षको मूल्यवृद्धि सात प्रतिशत रहने अनुमान रहेको उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १८:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement