राजनीति
काठमाडौं । नेपालको लागि युरोपेली युनियन (ईयू)की राजदूत नोना डेप्रेजले परराष्ट्रमन्त्री एनपी साउदसँग बिदाई भेट गरेकी छन् ।
सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको कार्यकक्षमा उक्त भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा नेपाल–ईयू सम्बन्ध र द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो ।
आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरी फर्किन लागेकोमा परराष्ट्रमन्त्रीले राजदूत डेप्रेजलाई बधाई तथा आगामी करियरको लागि शुभकामना व्यक्त दिएका थिए ।
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८० १५:४३
प्रतिक्रिया दिनुहोस्