site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुन जाँचपास गर्ने थिए ‘नयाँ भन्सार अधिकृत’
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बुधबार ठूलो परिमाणमा सुन बाहिरियो । लगत्तै बरामद पनि गरियो । राजस्व अनुसन्धान विभागको टोलीले उक्त सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । सो प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् ।

उक्त दिन जाँचपासमा नयाँ भन्सार अधिकृत रहेको खुलेको छ । यस्तै, सो भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अरुण पोखरेल बिदामा रहेको बताइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालका अनुसार पोखरेल त्यो दिन बिदामा थिए । सधैँ बस्ने भन्सार अधिकृतभन्दा त्यो दिन नयाँ भन्सार अधिकृत रहेको प्रवक्ता खनालले बताए ।

Dabur Nepal
NIC Asia

“त्यो दिन नयाँ सर हुनुहुन्थ्यो । प्रमुख भन्सार अधिकृतले तल गएर हेर्ने कुरा हुँदैन, सेम्पल मगाएर हेर्ने हो । मुख्य हेर्ने भनेको चाहिँ जाँचकीले हो,” उनले बाह्रखरीसित भने, “कमजोरी कसको हो भनेर हामी अनुसन्धान गरिरहेका छौँ । दुई घण्टाभित्रमा हामीले अध्ययन पूरा गरेर प्रतिवेदन तयार पार्छौँ । भन्सार प्रशाक बिदामा हुनुहुन्थ्यो ।”

‘ब्रोक प्याड’ धेरै ‘सेन्सेटिभ’ होइन भनेर त्यसै छोडियो कि भन्ने अनुमान गरिएको उनले बताए ।

यस्तै, जाँच गर्ने मेसिनले काम नगरेको हो कि भनेर पनि अध्ययन भइरहेको उनले बताए । त्यसको डिटेल निकाल्ने काम भइरहेको खनालको भनाइ छ ।

अहिले त्यहाँको सीसीटीभी फुटेजलगायत अध्ययन गरी प्रतिवेदन तयार पार्ने काम भइरहेको उनले जानकारी दिए ।

अनुमानित १०० किलो सुन बरामद गरिएको हो । नेपाल राष्ट्र बैंकमा जोखेपछि सुनको यकिन तौल थाहा हुने राजस्व अनुसन्धान विभागले जनाएको छ ।

विभागका अनुसार हालसम्म उक्त घटनामा संलग्न ६ जनालाई पक्राउ गरिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro