site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस बैठकमा महामन्त्रीद्वयलाई चेतावनी– तपाईंकै विकल्प खोज्न नपरोस्
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वयलाई ‘तपाईंकै विकल्प खोज्नु नपरोस्’ भन्दै चेतावनी दिएकी छन् । देउवाबाट मनोनीत भएपछि पहिलोपटक केन्द्रीय समिति बैठकमा सहभागी भएकी खतिवडाले बुधबार महामन्त्रीलाई दायरा फराकिलो बनाउन सुझाव दिइन् ।

“महामन्त्रीज्यूहरू कांग्रेसलाई सुधार्ने गरी अभियान चलाउनुहोला, दायरा फराकिलो बनाउनुहोला,” खतिवडाले भनिन्, “सभापतिको विकल्प मात्र खोजी गर्दा तपाईंहरूकै विकल्प खोज्नु नपरोस् ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले महामन्त्रीले सभापतिको विकल्प खोजे आफूहरूले महामन्त्रीको पनि विकल्प खोज्ने चेतावनी दिइन् ।

सुनसरीमा क्षेत्रीय सभापति चुनाव लडेर हारेकी खतिवडालाई वैकल्पिक बाटोबाट महाधिवेशन प्रतिनिधि बनाउँदै केन्द्रीय सदस्य मनोनीत गरेका थिए । १३औँ महाधिवेशनसम्म देउवा विरोधी पहिचान बनाएकी खतिवडा ईश्वरी न्यौपाने नेतृत्वको महिला विभागको सचिवमा मनोनीत भएसँगै देउवा गुटमा सक्रिय भएकी थिइन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय