site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेस बैठकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र संविधान संशोधनको विषय उठान
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र संविधान संशोधनको विषय उठान भएको छ ।

बुधबारको बैठकमा बोल्दै वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले सो विषय उठान गरेका हुन् । बानियाँले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै नयाँ पार्टीको उदय भएको र यसको कारण के हो ? यसको खोज गर्ने कि नगर्ने भन्दै प्रश्न गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले जनताले खोजेको र रोजेको व्यवस्था अहिलेको भए पनि यसमा पनि सुधार आवश्यक भएको उल्लेख गरे ।

“जनताले खोजेको र रोजेको व्यवस्थाभित्र जनताले सुधार खोजेका छन् । निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने हो कि ? संविधान संशोधन गर्नुपर्ने हो कि ?,” उनले भने, “संघीयता पहिचान र प्रतिस्पर्धा हो, संसारको उत्कृष्ट संविधान भन्दाभन्दै जनतामा निराशा किन अयो ? नयाँ पार्टीको उदय सुशासनको नारामा टेकेर भएको छ । हामीले त्यसतर्फ ध्यान दिनुपर्छ कि ?”

Global Ime bank

उनले पार्टीले प्रदेश समितिलाई उपेक्षा गरेको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १२:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय