site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भोलि वा पर्सिसम्ममा शिक्षकहरूले उठाएका मागबारे सहमति हुन्छ : मन्त्री गुरुङ
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शिक्षकहरूले उठाएको मागबारे भोलि वा पर्सिसम्ममा सहमति हुने बताएका छन् । 

सोमबार मन्त्रिपरिषद् बैठकपछि बोल्दै मन्त्री गुरुङले सो बताएका हुन् । "भोलि वा पर्सिसम्ममा शिक्षकहरूले उठाएका मागबारे सहमति हुन्छ । विद्यालय फर्काउन वातावरण बनाउन सकिन्छ भन्ने विश्वास दिलाउन चाहन्छु," उनले भने ।

शिक्षामन्त्रीले सोमबार शिक्षक महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवसँग वार्ता गरेर केही कुरा निष्कर्षमा पुगेको उनले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  २२:०१
प्रतिक्रिया दिनुहोस्