site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निगमको मलेसिया–भैरहवा उडान ११ घण्टा ‘डिले’, छानबिन समिति गठन
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को मलेसिया–भैरहवा–काठमाडौं उडान ११ घण्टा ‘डिले’ भएको छ ।

नियमित उडान तालिकाअनुसार जहाज बिहान ५ बजे मलेसियाको क्वालालम्पुरबाट उडान भर्नुपर्ने थियो । तर, उडान भर्नुअघि उडान नम्बर आरए–४२२ रहेको निगमको नाइनएन–एकेडब्लू जहाजको नियमित इन्फेक्सन (निरीक्षण) गर्दा ‘क्रू अक्सिजन बोतल’को प्रेसर कम देखिएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नियमित उडान समयअनुसार जहाजले बिहान ८ बजे भैरहवास्थित गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । समयमा नै त्यसको जोहो गर्न नसक्दा जहाजले नियमित समयमा उडान गर्न सकेको थिएन ।

अहिले त्यसको व्यवस्था भइसकेको र उडानको तयारीमा रहेको निगमका प्रवक्ता रमेश पौडेलले बताए । जहाजले क्वालाम्पुरबाट नेपाली समयअनुसार ३ बजे उडान भर्ने प्रवक्ता पौडेलले बताए ।

Royal Enfield Island Ad

उडान ढिलो भएकोमा निगमले यात्रुसँग क्षमा समेत मागेको छ । अहिले उक्त उडानमा रहेका यात्रुहरू विमानस्थलको प्रतिक्षालयमा छन् । उनीहरूको व्यवस्थापन नेपाल एयरलाइन्सले नै गर्नेछ ।

छानबिन समिति गठन

उक्त घटनाको विषयमा छानबिन गर्ने निगमले समिति गठन गरेको छ । के कस्तो कारणले यस्तो प्राविधिक समस्या आएको हो, सो को सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको निगमले जनाएको छ ।

समितिले भविष्यमा यस्तो समस्या हुन नदिन समेत सुझाव दिनेछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro