site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सप्तकोसी किनारमा प्रेमीको निहुँमा युवतीबीच ‘ग्याङ फाइट’

विराटनगर । मदिरा सेवन गरी सुनसरीको सप्तकोसी नदीछेउमा युवती समूहबीच ‘ग्याङ फाइट’ भएको छ । घटनामा संलग्नमध्ये एकजनालाई पक्राउ गरी प्रहरीले अभद्र व्यवहारमा कारबाही अघि बढाएको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित सप्तकोसी नदी किनारमा युवतीबीच ‘ग्याङ फाइट’ भएको हो । पाँचजनाको समूहले अर्को समूहलाई निर्घात घुटपिट र आक्रमण गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनामा संलग्नमध्ये एकजनालाई पक्राउ गरिएको जनाएको छ ।

Dabur Nepal
NIC Asia

कुटपिटमा संलग्न आरोपमा बराहक्षेत्रकी १९ वर्षीय कृति लिम्बू पक्राउ  परेकी छन् । सप्तकोसीको राजावास क्षेत्रमा यो घटना भएको सुनसरीका प्रहरी प्रवक्ता एवं डीएसपी राजकुमार राईले जानकारी दिए ।

कुटपिट गरी त्यसको भिडियो सामाजिक सञ्जालमा अपलोड गरिएको थियो । घटना गएको शुक्रबारको हो ।

प्रेमीको कुरा काटेको र त्यसकै आक्रोशमा मदिरा सेवन गरी कुटपिट गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

घटनापछि फरार अरू चार युवतीको खोजी भइरहेको डीएसपी राईले बताए । घटनामा संलग्न दुवै समूहका युवती साथीहरू हुन् ।

केही महिनाअघि मोरङको मिक्लाजुङको एक सामुदायिक विद्यालयमा पनि पे्रमीकै विषयमा एउटा समूहले युवतीमाथि कुटपिट गरी त्यसको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको थियो । त्यो घटनामा संलग्नलाई पक्राउ गरी मोरङ प्रहरीले मुद्दा चलाएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १७:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro