site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभा उपाध्यक्षको सम्पत्ति : सुन, हिरा र निलमको गहना सेट
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले आफ्नो सम्पत्ति विवरण बुझाएकी छन् । साउन १ गते उनले संघीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा सम्पत्ति विवरण दर्ता गराएकी हुन् ।

बुझाएको विवरणअनुसार सुनको गहना १२ तोला भएको उल्लेख छ । स्रोत भने दाइजोबापत प्राप्त भएको उल्लेख छ । यस्तै, उनले आफूसँग दाइजोबापत आएको हिराको गहना एक सेट, निलमको गहना एक सेट दाइजोबापत प्राप्त भएको उल्लेख गरेकी छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सम्पत्ति विवरणमा उनले प्युठान नगरपालिका ४ मा ‍घडेरी दुई रोपनी जग्गा, प्युठान ४ मा ‍जग्गा १३ रोपनी, पर्साको वीरगञ्ज महानगर १४ मा ‍तीन कठ्ठा आठ धुर जग्गा श्रीमान यमबहादुर थापाको नाममा रहेको उल्लेख गरेकी छन् । ती जग्गा श्रीमानको र आफ्नो आयबाट खरिद गरिएको उनले जानकारी दिएकी छन् ।

यस्तै, उनले बूढानीलकण्ठ ४ मा १८ आना घडेरी चार करोड रुपैयाँमा किनेको उल्लेख गरेकी छन् । बालकोटको घर जग्गा बेचेको पैसा र सावल सहकारी संस्थाबाट रु दुई करोड ५३ लाख ऋण लिएर खरिद गरेको उनले उल्लेख गरेकी छन् ।

Global Ime bank

उपाध्यक्ष अर्यालले एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैकमा गरेर जम्मा ७४ हजार रुपैयाँ रहेको र आफ्नो लगानी सेयरमा पनि रहेको उल्लेख गरेकी छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १, २०८०  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement