site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अञ्जनाले दुई पेनाल्टी बचाउँदा नेपालले बंगलादेशलाई टाइब्रेकरमा हरायो

काठमाडौं । वैकल्पिक गोलकिपर अञ्जन रानामगर चम्किएपछि दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय महिला टिमले बंगलादेशलाई टाइब्रकेरमा ४–२ ले पराजित गरेको छ ।

ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा सम्पन्न खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको हो ।

Dabur Nepal
NIC Asia

टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीले गोल गरे । तर, गोलकिपर अञ्जनाको प्रहार भने बारमा लाग्दै बाहिरिएको थियो । अञ्जनाले आफ्नो प्रहारलाई गोलमा परिणत गर्न नसके पनि बंगलादेशका दुई प्रहार बचाउँदै नेपाललाई जित दिलाइन् । बंगलादेशकी साम्सुनार र मोनिका चक्माले पेनाल्टीमा गोल गरे । तर, मारिया मण्डा, सेइली अजिमको प्रहार भने गोलरक्षक अञ्जना रानामगरले बचाएकी थिइन् ।

यो जितसँगै नेपाली टिमले ६ खेलसम्मको जितविहीन यात्रा तोडेको छ । नेपाली टिम गत भदौमा सम्पन्न साफ महिला च्याम्पियनसिपको फाइनल खेलदेखि जितविहीन थियो । उक्त फाइनलमा पनि नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएपछि उपविजेतामा सीमित बनेको थियो ।

नेपाली टिम चीनमा हुने १९औँ एसियन गेम्सको तयारीका लागि दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको हो । यो जितसँगै नेपालले दुई खेलको शृंखला समेत आफ्नो पक्षमा पारेको छ । यी दुई टिमबीचको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा टुंगिएको थियो । उक्त खेलमा कप्तान सविना खातुनले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाउँदा इन्जुरी समयमा सावित्रा भण्डारीले नेपालका लागि बराबरी गोल फर्काएकी थिइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro