site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नामकरणको डेढ वर्षपछि प्रदेशसभाको नाम मधेस राखियो

जनकपुरधाम । मधेस प्रदेशको प्रदेशसभाको नाम ‘मधेस प्रदेशसभा’ कायम भएको छ । आइतबार प्रदेशसभामा सर्वसम्मतिले उक्त नाम स्वीकृत गरिएको हो ।

०७८ माघ ३ गते मधेस नामकरण दुई तिहाईले स्वीकृत भएको थियो । मधेस नामकरण भएको डेढ वर्षपछि प्रदेशसभाको अगाडि मधेस थपिएको हो । अब ‘मधेस प्रदेशसभा’ कायम भएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की सांसद रानी शर्मा तिवारीले प्रदेशसभाको नाम मधेस प्रदेशसभा कायम गर्ने प्रस्ताव संसद्‌मा पेस गरेकी थिइन् । 

पहिचानकै अधारमा मधेस प्रदेशसभा नाम हुनुपर्ने उनले बताएकी थिइन् । त्यसकारण उच्चरण र उल्लेख गर्दा पहिचान झल्किने गरी मधेस प्रदेशसभा हुनुपर्ने आवश्यकता उनले औंल्याइन् । 

जनता समाजवादी पार्टी (जसपा)का सांसद रामअशिष यादवले उक्त प्रस्तावको सर्मथन गरेका थिए । उनले वाग्मती प्रदेशसभा र भारतमा दिल्ली वा विहार विधानसभा भएजस्तै मधेस प्रदेशसभा राख्नुपर्ने बताए । नेकपा (एमाले)का सांसद हरिनारायण महतोले पनि उक्त प्रस्तावलाई सर्मथन गरेका थिए । 

यस विषयमा छलफल प्रारम्भ गरिएको थियो । तर, छलफलमा कुनै पनि सांसदले भाग लिन इच्छुक देखिएनन् । त्यसपछि सभामुख रामचन्द्र मण्डलले उक्त विधेयकमाथि निर्णयार्थ प्रस्तुत गरेका थिए । सांसदहरूले टेबल ठोकेर सहमति जनाएपछि सर्वसम्मतिले उक्त प्रस्ताव स्वीकृत भएको छ । मधेस प्रदेशसभा कायम भएको सबै निकायलाई पत्राचार गरिएको छ । 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro