site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घोराही सिमेन्टको आईपीओ बाँडफाँट, १० देखि ७० कित्तासम्म पाए

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । 

आइतबार बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा आवेदन दिने कुल पाँच लाख ५७ हजार ७०१ जनाले आईपीओ प्राप्त गरेका छन् । जसमा १० देखि ७० कित्तासम्म आवेदन दिने सम्पूर्णले आईपीओ पाएका छन् । ८० देखि ३० हजार कित्तासम्म आवेदन दिनेले ७० कित्तासम्म आईपीओ प्राप्त गरेका छन् ।

बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार चार हजार ६५७ जनाले ७० कित्ताका दरले आईपीओ प्राप्त गर्ने गरेका छन् ।

पाँच लाख ५३ हजार ४४ जनाले १० देखि ७० कित्तासम्म आईपीओ प्राप्त गरेका छन् । ८० देखि ३० हजारसम्म माग गर्नेमध्ये ६९१ जनाले नै थप १० कित्ताका दरले आईपीओ प्राप्त गरेका छन् ।  

आईपीओको रिजल्ट सीडीएस आईपीओ रिजल्ट, मेरोसेयर र नबिल इन्भेष्टमेन्ट बैंकिङको बेवसाइटबाट हेर्न सकिने छ ।

कम्पनीले गत जेठ ३१ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको थियो । यो कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३४५ रुपैयाँ थप गरी आईपीओ निष्कासन गरेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro